चतरा/ माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत
विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि
ओखलढुङ्गा/ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे । ‘संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ’, उनले भने ।राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहर
धरान/आज महाशिवरात्री, भगवान शिवको विशेष दिन । कोशी प्रदेशभरका शिवालयझैँ धरान–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा पनि विहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। महाशिवरात्रीलाई हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व मानिन्छ। धार्मिक ग्रन्थहरू अनुसार यो चार प्रमुख रात्रीहरूमध्ये एक हो, जसलाई ‘कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री’ भनिन्छ। यस दिन शिव पूजाअर्चना, व्रत बस्ने र दूध, धतुरो तथा बेलपत्र चढाउने परम्परा रहँदै आएको छ। धरानको पिण्डेश्वर मन्दिरको धार्मिक महत्वका कारण यहाँ साउन महिनाको सोमबारझैँ शिवरात्रीमा पनि ठूलो संख्यामा भक्तजनहरू आउने गर्छन्। मन्दिर व्यवस्थापन समि
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ सदरमुकाम फुङलिङ क्षेत्रमा लागु गरेको निषेधाज्ञा हटाएको छ। जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साँझ एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिस बमोजिम राति ११ बजेदेखि लागु हुने गरी निषेधाज्ञा हटाइएको उल्लेख गरेका छन् ।‘नो केबलकार’ पक्षधरले मंगलबार दिउँसो वार्ताका लागि विभिन्न चार शर्त अघि सार्दै पूरा भए मात्र वार्तामा बस्ने बताएका थिए । सोही शर्तमा उल्लेख भएअनुसार प्रशासनले निषेधाज्ञा तत्काल फिर्ता लिएको हो । ‘नो केबलका
सुनसरी/ धरानमा पहिलो पटक जीवित रहँदै समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तित्वहरूको शालिक निर्माण थालिएको छ। धरान–४ खरैनीमा निर्माण भइरहेको ढुंगे कला पार्कले यो अभिनव प्रयासलाई मूर्तरूप दिइरहेको छ। धरानको पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउने उद्देश्यसहित कलाकारहरू श्रमदानमार्फत शालिक निर्माण गर्दैछन्। वडा नं. ४ कार्यालयको आयोजना र रोजन आर्ट स्टुडियोको संयोजनमा आयोजित कला क्याम्पमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, वैज्ञानिक डा. महावीर पुन लगायतका प्रतिष्ठित व्यक्तित्वहरूको शालिक बनाउने काम अघि बढाइएको छ। कलाकार रोजन राईका अनुसार धरानलाई कलाको माध्यम
धरान । धरानमा माघ २६ गतेदेखि जारी विजनेस एक्स्पो मेलाको शनिबार समापन भएको छ भने उक्त स्थानमा प्रमुख आकर्षकको रुपमा रहेको जुत्ता चप्पल मेलाको समय अविधी पुनः१५ दिनको लागि थप भएको छ । धरानको आर्थिक गतिविधिलाई नयाँ गति दिँदै व्यावसायिक क्षेत्रमा लगानी आकर्षित गर्न ‘बिजनेस एक्स्पो धरान २०८१’ नेपाल उद्योग व्यवसायी महासङ्घ धरानले आयोजना गरेको थियो । धरान १६ स्थित रंगशालामा जारी एक्स्पोको नेकपा एमाले स्थायी कमिटी सदस्य एवम पूर्वमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । प्रमुख अतिथी ढकालले एक्सपोले चुनाब मात्रै पार्टीको झण्डा बाकेर हिड्ने भन्दा यस्ता रचनात्मक
एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको स्थान आफ्नो ड्युटी हुनेछ ।जस्को सम्मान गर्नुपर्छ। तर एसपी साब ।।।।एउटा निजि कम्पनी चलाउने ब्यापारीको फाइदा दिलाउन,जस्को सुरक्षा गर्न, जनताहरुको बलिदान बाट स्थापित लोकतान्त्रिक गणतन्त्र राष्ट्र नेपालको संविधानको बर्खिलाप गर्दै कानुनी उपहास गरेर प्रहरी सुरक्षाकर्मीको दुरुपयोग गरि निशस्त्र सर्बसाधरण नागरिक माथि गोली हान्न आदेश दिने तपाईं शाषक र जनप्रतिनिधिहरुको हैसियत के हो त ? देशको राष्ट्रिय समुदाय सांस्कृतिक सभ्यता माथिको हिंसा दबाब मात्रै होईन नागरिक माथि खुलेआम गुन्डागर्दी गराउँदै दिन डाहाडै प्रहरी घेरा भित्र सर्बसाधरण श्रमजीवी नागरिक
धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्लोबल टे«न्डिङमा परेको छ । युटुवमा यो गीतलाई २० मिलियन अर्थात २ करोडले हेरेका छन् । यही लोकप्रिय गीतका गायक एकदेव लिम्बू आज धरानमा जारी विजिनेश एक्स्पोमा प्रस्तुत हुने भएका छन् । लिम्बूले गाएको अर्को गीत शिरफूललाई युटुवमा ८ दशलव ६ मिलियन अर्थात ८६ लाख दर्शक स्रोताको भ्युज पाएकोछ । युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू एक्स्पोमा एकल प्रस्तुति सहित प्रकट हुनेभएकाछन् । लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै रुचाइएका गीतहरु
धरान । चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरु र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ । “खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने उदेश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरि धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा जेष्ठ नागरिकहरुलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरुलाई सुधारकेन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिव