धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव्य स्थलमध्ये धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटार, नाम्जे लगायतका क्षेत्रलाई आठौ गन्तव्य स्थलको रुपमा लिएपछि आन्तरिक तथा वाह्य पर्यटकको घुइचो नै लाग्ने गर्छ ।
पर्यटकीय गन्तव्य भेडेटारमा स्काइआक सञ्चालनसंगै नाम्जे थुम्कीमा भएका होमस्टेहरुले पर्यटक तान्ने गरेको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध थपिएको छ ।
यहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैनन् । होमस्टेमा चहलपहल बढेकै कारण त्यहाका होमस्टे सञ्चालक र कृषि पेशामा आश्रित सर्वसाधारणको राम्रो जीविका चलेको छ ।
कुनै बेला यहा“ उत्पादन भएको सागसब्जी विक्री गर्न सुनसरीको धरान बजार नै पुर्याउनुपर्ने बाध्यता थियो तर होमस्टे सञ्चालन गरेपछि होमस्टेमै सागसब्जी प्रयोग हुने भएकोले यो पेशा छोड्नै मन नलागेको नाम्जेका होमस्टे सञ्चालकहरु बताउछन् ।मगरहरु जातिहरुको सांस्कृतिक पहिचान झल्काउने लोकसंस्कृतिसंगै परम्परागत खानपिनलाई प्राथमिकतामा राखेर नाम्जेमा खोलिएका २५भन्दा बढी होमस्टेका सञ्चालक होमस्टे सञ्चालनकै कारण पर्यटक बढेको दाबी गर्छन् ।
होमस्टेमा आन्तरिक पर्यटक मात्र हैन भारतीय पर्यटकहरु समेत आएर रात गुजार्ने गरेकौ उनीहरु बताउछन् ।
मगरहरुको सांस्कृतिक नाच हुर्रासंगै आफ्नै बारीमा उत्पादन गरेको तरकारीको स्वाद लिन आउने नाम्जे थु्रम्की होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार राना मगरले बताए ।होमस्टे सञ्चालककै कारण यहाका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयासम्म कारोबार हुने गरेको उनको भनाई छ ।
होमस्टेमा आउने पाहुनाहरुले रमाइलो गर्ने भएकोले यहाँ आएर बस्ने आन्तरिक तथा बाह्य पर्यटक धेरै खुसी हुनै गरेका छन् । त्यसो त गाउँपालिकाले समेत होमस्टे सञ्चालकलाई सहयोग पुर्याउदै आएको छ । साँगुरीगढी गाउँपालिकाको मुख्य आयस्रोत कृषि र पर्यटन भएकोले होमस्टे सञ्चालकलाई समय समयमा तालिम दिने, सञ्चालका लागि सहयोग गर्ने बजेट छुट्याइएको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
पछिल्लो समय भेडेटार घुम्न आउने पर्यटकहरुपनि भेडेटारमा सञ्चालन भएका ठूला तथा सुविधा सम्पन्न होटलहरु भन्दा पनि नाम्जेमा सञ्चालन भएका होमस्टेमा बस्न बढी रुचाउने गर्छन् ।
यहाँ सञ्चालन भएका होटलमा भन्दा होमस्टेमा आर्गनिक खाना सस्तो र सुलभ ढंगबाट पाउने र मगर जातिकौ साँस्कृतिक नाचगानहरु हेर्न पाउने भएकोले पनि पछिल्लो समय नाम्जे थुम्कीका होमस्टे पर्यटकको रोजाईमा परेको हो ।
स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनमा बजेट नै छुट्याएर होमस्टेको प्रवद्र्धनमा लाग्नु सकारात्मक पक्ष रहेको छ ।
गाउँपालिकालैश पुर्याएको सहयोगप्रति होमस्टे सञ्चालक समेत अत्यन्तै खुशी देखिन्छन् ।