विद्यार्थी–अभिभावकको रोजाइमा धरान मेघा कलेज(भिडियो सहित)

  • असार १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो ।
शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए ।

Megha 4

२०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको शैक्षिक निर्देशक घिमिरेको भनाइ छ । हुन पनि मेघा कलेजका विद्यार्थीहरूले हरेक वर्ष नगरस्तरीय र जिल्लास्तरीय बास्केटबल, भलिबल, पूmटबल, कविता, हाजिरीजवाफ, वक्तृत्वकलाजस्ता प्रतियोगिताहरूमा विभिन्न पुरस्कार हात पारिराखेकै हुन्छन् ।

Megha 6

 

अतिरिक्त क्रियाकलापलाई प्रोत्साहन गर्न कलेजले शिक्षा, खेलकुद, सङ्गीतजस्ता विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गर्ने गरेको छ । यसबाट पनि विद्यार्थीहरूले पढाइसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् ।

Megha 7
धरानका शिक्षित युवाहरूद्वारा सञ्चालित कलेज भएको हुँदा यसले गुणस्तरीय शिक्षासहित उत्कृष्ट विद्यार्थी उत्पादनमा जोड दिने गरेको छ । त्यसै कारण पनि धरान मेघा कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । धरानकै उत्कृष्ट कलेजहरूमा पर्ने मेघा कलेजमा धरान बाहिरका विद्यार्थीहरू पनि अध्ययनका लागि आउने गरेका छन् । विद्यार्थीका चाहना र रुचिलाई ध्यान दिँदै कलेजले कानुनको कक्षा सञ्चालनका लागि पनि अनुमति प्राप्त गरिसकेको छ । मेघा कलेजका शैक्षिक निर्देशक घिमिरेका अनुसार कानुनतर्पm विद्यार्थीको आकर्षण बढ्दै गएकाले कलेजले कानुन विषयको पठनपाठन सञ्चालन गर्न लागेको हो ।

‘कलेजले सम्पूर्ण वैधानिकता पूरा गरी अनुमति लिइसकेको छ’, उनले भने, ‘कानुन विषय अध्ययन गर्न अब अन्यत्र जानु पर्दैन । विद्यार्थीले ढुक्क भए हुन्छ, यहाँ अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइनेछ ।’
कलेजमा विज्ञान विषयको अध्यापनका लागि पूर्णकालीन शिक्षकहरूको व्यवस्था गरिएको छ । काठमाडौँका विभिन्न लोकप्रिय शैक्षिक संस्थाहरूमा अनुभव प्राप्त गरिसकेका शिक्षकहरूले विज्ञानको अध्यापन गर्छन् । विज्ञान विषयमा छुट्टै शिक्षक राखेर अध्यापन गराइने धरानका हात्तीसार र इन्जिनियरिङ क्याम्पसबाहेक मेघा कलेज मात्रै भएको घिमिरेको भनाइ छ ।

मेघा कलेजमा होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापन, कम्प्युटर म्यानेजमेन्ट, पूmड एन्ड न्युट्रिसनजस्ता सङ्कायमा विद्यार्थीहरूको आकर्षण बढेको छ । घिमिरे भन्छन्, ‘लामो समयदेखि शैक्षिक क्षेत्रमा अनुभव प्राप्त दक्ष जनशक्तिसँगै काठमाडौँका नाम चलेका विभिन्न शैक्षिक संस्थामा १० वर्षभन्दा लामो अनुभव गरिसकेका दक्ष शिक्षकहरुद्वारा अध्यापन गराइने भएकाले यो कलेजमा विद्यार्थीको भविष्य सुनिश्चित छ ।’

यस विद्यालयमा नर्सरीदेखि नै पठनपाठन हुने गरेको छ । अहिले यहाँ कक्षा ११ र १२ मा ७ सयभन्दा बढी विद्यार्थीहरू छन् । धरानलाई शैक्षिक केन्द्र बनाउने विषय नारामा मात्र सीमित भएकाले व्यावहारिक रूपमै धरानलाई शैक्षिक केन्द्र बनाउन धरान मेघा कलेज लागिपरेको छ ।
मेघा कलेजका थप विशेषताहरू
होटल म्यानेजमेन्ट, विज्ञान र कम्प्युटर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि सुविधासम्पन्न र एसीयुक्त आधुनिक प्रयोगशालाहरू छन् भने होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई बारिस्टा, बारटेन्डिङ, बेकरी, पुष्प सजावट, व्यक्तित्व विकास, वक्तृत्व कलाजस्ता विषयमा अतिरिक्त कक्षा र प्रशिक्षण प्रदान गर्ने गरिएको होटल म्यानेजमेन्ट सङ्कायका प्रमुख पोषणबाबु श्रेष्ठले जानकारी दिए । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका अतिथि प्रशिक्षकहरूलाई बोलाएर पनि बेला–बेलामा विभिन्न विषयमा तालिम दिने गरिएको उनले बताए । विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न तारे होटल, उद्योग र बैंङ्कहरूमा पनि भ्रमणमा लैजाने गरिएको छ ।

भिडियो:

पर्याप्त हावा र प्रकाश छिर्ने फराकिला कक्षाकोठाहरू तथा आप्mनै बास्केटबल कोर्ट हुनु पनि मेघा कलेजको थप विशेषता हो । मेघाको बास्केटबल कोर्टमा अन्य संस्थाहरूले पनि विभिन्न स्तरका प्रतिष्ठित बास्केटबल प्रतियोगिताहरू सञ्चालन गर्ने गरेका छन् ।
मेघाले बास्केटबल खेलको विकासमा विशेष योगदान दिएको देखिन्छ । मेघा कलेजले धरानको भानुचोकमा पनि बास्केटबल कोर्ट बनाइदिएको छ ।

कलेजका प्रिन्सिपल भाष्कर पौडेलसँग कोशी पत्रले गरेको कुराकानी सार संक्षेप प्रस्तुत गर्रिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved