धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा मनाइरहँदा धार्मिक स्थलहरुमा धार्मिक पर्यटकको आगमनमा पनि बाक्लिदै गएको छ ।
धर्मप्रति प्रगााढ आस्था भएकै कारण कोशी प्रदेशमा रहेका विभिन्न मठ मन्दिरमा नेपाल लगायत भारतका सर्वसाधारणहरु समेत दर्शन गर्न थालेका हुन् । कोशी प्रदेशका विभिन्न स्थानमा रहेका मठमन्दिरको दर्शनको प्याकेज नै बनाएर आउने आन्तरिक तथा धार्मिक पर्यटकको पहिलो तीर्थस्थल धर्तीकै पहिलो धाम भनिएर चिनिएको सुनसरीको बराहक्षेत्र नगरपालकामा रहे बराहक्षेत्र मन्दिर रहने गरेको छ ।
धरानको विजयपुरमा रहेका मठमन्दिरसँगै खोटाङको हलेसी, ताप्लेज्ुङको पाथीभरा पुग्ने गर्दछन् । तर बराहक्षेत्रको दर्शनपछि भने दशर्नार्थीहरु भने विजयपुरमा रहेका मठमन्दिर दर्शन गरेर मात्र अन्य ठाउँका मठमन्दिरमा जाने गरेका छन् ।.चितवनबाट बुढासुब्बा मन्दिर दर्शन गर्न आउनु भएकी. सोभिात कटुवालले बराहक्षेत्र धामपछि चतराधाम हुदै धरानको बुढासुब्बामा दर्शन गर्न आएको बताइन् ।
उनले बुढासुब्बाको इतिहासका विषयमा आफूलाई जानकारी नभए पनि धर्मप्रतिको आस्था र विजयपुरको बुढासुब्बामा आउँदा मन नै आनन्दित हुने बताइन् ।यस्तै काठमाण्डौबाट पूर्वमा रहेका मठ मन्दिरको दर्शन गर्दै धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा दर्शनाका लागि आएका मुक्ति श्रेष्ठले धरानको बुढासुब्बा नेपालमै एक मात्र भएकोले यसका नाम काठमाण्डौसम्म चर्चामा रहेको बताए । उनले चर्चाकै कारण बुढासुब्बामा दर्शन गर्न आएको बताए ।
उनले चर्चा भन्दा बढी सुन्दर भएको आफूले पाएको बताए ।
दार्जिलिङबाट पहिलो पटक धरानको विजयपुरमा रहेको बुढासुब्बा दर्शनका लागि पुग्नु भएकी सानु तामाङले बुढासुब्बा मन्दिरको दर्शन गर्न पाउँदा अत्यन्तै आनन्द महसुस भएको बताइन् । उनले बासमा धागो बाँधा माया प्रेम गाढा हुन्छ भन्ने मान्यता अनुरुप धागो समेत बाँधेको बताइन ।
पूर्वका मठ मन्दिरमा दर्शन गर्ने उद्देश्यले पश्चिम चितवनबाट बुढासुब्बा मन्दिर दर्शन गर्न पुग्नु भएकी गायत्री सत्यालले दर्शन गर्न धेरै मठमन्दिर बाँकी रहेको बताइन् । उनले विजयपुरमा रहेको दन्तकाली, पिण्डेश्वर मन्दिरमा समेत दर्शन गरेर बुढासुब्बा मन्दिर आइपुगेको बताइन् ।
कोशी प्रदेशमै एकमात्र विजयपुरमा रहेको बुढामन्दिरको महिमा चुलिदै जाँदा भक्तजनहरुसमेत अत्यधिक हुन गरेको पाइएको छ । तर दर्शन गर्न आउनेहरुका लागि धरान उपमहानगरपालिका १४ नं. वडा समितिले सूचना केन्द स्थापना गरे पनि सूचना केन्दमा कुनै कर्मचारी बसेको पाइदैन ।
दैनिक के कति भक्तजन विजयपुरमा रहेका मठमन्दिरमा दर्शन गर्न आउछन् भन्ने आंकडा नै सुचना केन्द्रसँगै छैन ।