इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, विकास र पर्यटन प्रवद्र्धनलाई लक्ष्य गर्दै २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरेको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ गरिसकेका छन्। पर्यटन वर्षअन्तर्गत प्रदेश सरकारले ८२ वटा गन्तव्य पहिचान गरी सूची तयार पारेको छ। साथै, नयाँ गन्तव्यहरू पहिचान गरी तिनीहरूको पूर्वाधार विकासका लागि योजना अघि बढाइएको जनाइएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाउन सबै पक्षलाई आ-आफ्नो भूमिकामा सक्रिय हुन अपिल गरेका छन्। यसै अवसरमा नेपाल न्यूज बैंकले
धरान/ तेह्रथुम जिल्लाको लालीगुरास नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाभित्र रहेका कृषहरुको कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । यसै क्रममा नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री बजारसम्म पुर्याउनको लागि कृषि एम्बुलेन्स खरिद गरेको हो । लाली गुरास नगरपालिकाका मेयर अर्जुन मावुहाङले कृषकले उत्पादन गरेको सामाग्री बजारसम्म पुर्याउन सहज होस् भन्ने अभिप्रायले नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको बताए । उनले भने–‘ हप्तामा एक कृषकको पाँच हजार सम्मको तरकारी सागसब्जी बोक्छ । गृहिणी मार्फत भुक्तान गरिन्छ। गाडी हिंउद, बर्षा प्रत्येक किसानका घरघरम
धरान/ कोसी प्रदेशको लगानी सम्मेलनमा ४६ वटा परियोजना सञ्चालनको लागि सम्झौता भएपनि धरानको लागि कुनै परियोजना परेको छैन । जस्ले गर्दा धरानका जनप्रतिनिधीहरुको चर्को आलोचना भएको छ ।धरानवासीले सरकार र जनप्रतिनिधीको चासो र समन्वय हुन नसक्दा उपेक्षामा परेको गुनासो गरेका छन् । प्रदेश सरकारले ७१ वटा परियोजनाको कुल १ खर्ब ७३ अर्ब ४९ करोड लगानी अनुमान सहित लगानी सम्मेलन सुरु गरि उक्त सम्मेलनमा ४६ परियोजनामा १ खर्ब ५२ अरब १९ करोडका परियोजनामा सम्झौता भएको छ। सबैभन्दा ठलो परियोजनाको रूपमा किङ्कर म्यानुफ्याक्चरिङ प्लान्ट परियोजनाकालागि ३२ अर्बको सम्झौता भएको छ। त्यस्तै ग्रिन युरिया मानुफ्याक्चरिङ फेस
विराटनगर/ कोशी प्रदेश सरकारको आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन २०२५ विराटनगरमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीकर्ता र निजी क्षेत्रको भरपर्दो वारेस बन्ने प्रतिबद्धता जनाए। उनले प्रदेशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आठवटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए। "लगानीकर्ताको सुरक्षादेखि परियोजनाको सहजीकरणसम्ममा प्रदेश सरकार तुरुन्त सक्रिय हुनेछ," मुख्यमन्त्री कार्कीले भने, "संघीय सरकारसँगको समन्वयमा आवश्यक
विराटनगर/ कोशी प्रदेशको पहिलो लगानी सम्मेलन आज (बिहीवार) विराटनगरमा हुँदैछ। वीरेन्द्र सभागृहमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री ओली आज बिहान ११ बजे विशेष उडानमार्फत विराटनगर आइपुग्ने प्रदेश सरकारले जानकारी दिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताएका छन्। सम्मेलनको पूर्वसन्ध्यामा बुधबार ‘प्रि–इनभेष्टमेन्ट मिट’ सम्पन्न भएको छ। सो अवसरमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीमैत्री वातावरण निर्माण
धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत बक्सिङमा देशभरीबाट १६ जना प्रोफेसनल (प्रो), एमेच्योर र फिमेल फाइटरहरुले प्रतिष्पर्धा गर्ने भएको छ । अन्तराष्ट्रिय बक्सिङ एसोशिएशन (आइबा) को अनुमतिमा नेपालमा पहिलो पटक हुन गइरहेको प्रो बक्सिङको रोमान्चक इभेन्ट धरान १५ स्थित चुम्लुङहिममा हुने आयोजक धरान बक्सिङका सचिव महेश आलेले जानकारी दिए । प्रोफेनसल विद्या अन्तर्गत ८ जना खेलाडिहरुले ३ वटा तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । ५१ केजी तौल समुह अन्तर्गत बागमती प्रदेशको नक्साल बक्सिङ क्लबबाट आयुष अधिकारी विरुद्ध कोशी प्रदेशको झापाबाट फुङलाम काङबाङले प्रतिष्पर्धा गर्ने छ ।५७ केजी तौल समुह अन्तर
धरान/ एकताका सुनसान रहेको बगर आजकल पर्यटकको आकर्षणको केन्द्र बनेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको अगुवाइमा श्रमदानमार्फत् निर्माण हुँदै गरेको श्रम संस्कृति पार्क अहिले चर्चामा छ, त्यो पनि अझै पूर्णरूपमा निर्माण नसकिँदै। नयाँ वर्ष २०८२ को पहिलो दिन बैशाख १ गते, पार्कमा सयौंको संख्यामा पर्यटक तथा पाहुनाको घुइँचो लागेको थियो। आन्तरिक र बाह्य पर्यटकको बाढीले धरानको यो अधूरो प्रयासले पनि ठूलो सम्भावना बोकेको पुष्टि गरेको छ। माटो र पसिनाले सिँगारिएको यो पार्कमा आज कलात्मक मूर्तिहरू, विभिन्न जातजातीका विरुवा, वाटर फाउन्टेन, गोरखा चौतारी, आरा धरानलगायतका संरचना बनेका छन
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ । आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आए
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकांक्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रव
इलाम/ चिसो हटिसकेको छ, गर्मी आउन बाँकी छ। यतिबेलाको मौसम वसन्तको रङमा रङ्गिन भएको छ। बोटबिरुवाका पुराना पात झरेका छन्, तिनको ठाउँमा नयाँ पालुवाले हरियाली थपेका छन्। अनि त्यसकै साथमा ढकमक्क फुलेका गुराँसले पाटेनागीलाई स्वर्गजस्तै बनाइदिएको छ। पाटेनागी पुग्ने जो कोहीको मन त्यहाँबाट फर्किन चाहँदैन। गुराँसको रङ्ग, चराचुरुङ्गीको चिरबिर, र आँखैअगाडि देखिने हिमशृङ्खलाले जो कसैलाई पनि मोहित बनाउँछ। वसन्त ऋतुको यो बेला पाटेनागी पुग्न सबैभन्दा उपयुक्त समय हो। गुराँस र हिमालको अनुपम संगम पाटेनागीमा अहिले लालिगुराँस ढकमक्क फुलेका छन्। तीन हजार मिटरको उचाइबाट देखिने सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालले