धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ । नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ । कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व प
जनकपुर । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक दुर्घटना न्युनिकरण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानमा सहयोग र सहकार्य गर्ने बताएका छन्। शनिबार मन्त्री आवासमा संगठनका अध्यक्ष भीमज्वाला राई सहितको प्रतिनिधि मण्डलले सडक दुर्घटना महामारी झै भइरहेको प्रत्येक दिन सातदेखि आठजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र प्रत्येक दिन ४० जना नागरिक सडक दुर्घटनामा घाइते भइरहेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न नीति र व्यवहारिक सुधारको जरुरी रहेको सुझाइएको थियो । कुराकानीका क्रममा मन्त्री यादवले सडक सुरक्षा जनताको सुरक्षासंग जोडिएकाले प्रदे
पाँचथर/ हिमालको घाँसे मैदान र पत्थरमा फक्रिने वनस्पति हो पदमचाल । जसको चिनिया नाम केञ्जो हो । पछिल्लो समय नेपालमा पनि पदम चाललाई केञ्जो भनेर बोलाउनेहरूको सङ्ख्या बढिरहेको छ । यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्वुङ पोखरी क्षेत्र यो वनस्पतिले ढाकिएको छ । केञ्जो फक्रिए स‘गै यस क्षेत्रमा यतिखेर आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । फोटो खिच्ने,भिडियो बनाउने र हिमाली सौन्दर्यमा रमाउनेहरूका लागि यो वनस्पति आकर्षणको केन्द्र नै हो भन्दा अत्युक्ति हुँदैन । यो समुद्री सतहदेखि चार हजार ३ सय मिटर भन्दा माथिल्लो भू भागमा पाइने वनस्पति हो । यो यो वनस्पति सुदूर पूर्वको पाँचथर ताप्लेजुङ
धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार,
धरान/ बर्षातको समयमा धनकुटा र सुनसरीको संगम स्थल सागुरीगढी गाउँपालिकाको भेडेटारमा पर्यटकको संख्या न्यून हुने गरेको छ । कोशी राजमार्गको धरान ४ निशानेमा बर्षैनी भारी बर्षा हुदा पहिरो खसेर सडक अवरुद्ध हुने भएकोले पनि पर्यटक आउन नसकेका हुन् । दुई दिन अगाडि आएको भारी बर्षाका कारण यो सडक खण्डको निशानेमा विगतकै जस्तो पहिरौ खस्यो । पहिरोका कारण सवारी साधन अवरुद्ध भए सडक सुचारु गर्न कठिनाई भयो । एक्कासी आएको ठूलो बर्षाका कारण पहिरो खसेर सडक नै अवरुद्ध हुदा लामो समयसम्म सवारी साधन सञ्चालनमा आएनन् । निशानेमा पहिरो खसेको यो पहिलो हैन ८ बर्ष अगाडि यही ठाउँमा भारी बर्षाले कालो सडक नै बगाएपछि त्यसको
धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दि
धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन । उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् । उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादन
खोटाङ/ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ ।चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बा
धरान/ धनकुटा र सुनसरीको संगम स्थल साँगुरीगढी गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि गाउँपालिकाले पदमार्ग सञ्चालनको अवधारणा अगाडि सारेको छ । गर्मी समयमा तराई लगायत भारतबाट समेत शितलताको लागि पर्यटक आउने क्रम बढेपछि गाउँपालिकाले पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने भएको हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव,डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । साँगुरी गढी पर्यटकीय गन्तव्यका लागि कोशी प्रदेशकै मनोरम स्थानको र
धरान ।धरानमा मङ्गलवार नेवार समुदायले दिवङ्गत दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाइजात्रा निकालिएको छ । ध सिद्धि नेवाः परिषद्को आयोजनामा गाइजात्रा निकालिएको हो ।२०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्ने प्रचलन रहि आएको छ। मृतकहरुको सम्झनामा ३१ वटा गाई सामूहिक रूपमा निकालिएको थियो । धरान–७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरि भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो । गाई जात्रामा दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको प्रतीकमा शृङ्गार गरेर प्रदर्शन गर्ने च