सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकैसाथ दुर्घटना

  • कार्तिक १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फेरिचेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ।

मंगलबार बिहान अन्दाजी सवा ८ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।

उनका अनुसार ल्यान्डिङ गर्नेक्रममा फिसटेल एयर र एयर डाइनास्टीको हेलिकप्टर पल्टिएको हो।

‘लुक्ला भन्दा माथि फेरिचे भन्ने ठाउँमा ल्यान्डिङको क्रममा दुई वटा हेलिकप्टरको विंग्स छोएर पल्टिएको हो,’ उनले भने।

घटनाबारे थप बुझ्न लुक्लाबाट प्राधिकरणको टोली दुर्घटनास्थलतर्फ पुग्दैछन्।

खुम्बु पासाङल्हामु गाउँपालिका-४ पर्ने उक्त ठाउँमा हेलिकप्टर दुर्घटना भएपछि नजिकैको अस्थायी प्रहरी परिचालन भएको प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरले जानकारी दिए। 

उनले एक जना विदेशी नागरिकको मृत्युको खबर प्राप्त गरेको पनि बताए। दुर्घटनामा अर्का एक घाइतेको उद्धारका लागि प्रभु एयरको हेलिकप्टरबाट उद्धारको काम भइरहेको छ।

‘एक जना विदेशी नागरिकको मृत्यु भएको खबर पनि प्राप्त भएको छ। अर्का घाइतेको प्रभुको हेलिकप्टरबाट उद्धार भइरहेको भन्ने खबर छ। पहिचान खुलिसकेको छैन,’ उनले भने।

थप विवरण आउन बाँकी छ। 

फेसबुकमा भेटिएको साथ ...

काठमाडौँ/  आमाबुबाबीचको झैझगडाबाट उनी दिक्क थ ...

धरानमा जुवा खेल्दै र ...

धरान/ धरानका विभिन्न स्थानमा जुवाजन्य डाइस खेल्दै ...

सुनसरीको लौकहीमा ब्र ...

सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन् ...

लक तोडेर मोटरसाइकल ...

वीरगञ्ज/ पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved