स्वास्थ्य

    Showing 871-880 of 2,446 items.
  • चक्रघट्टीमा लागू औषध न्युनिकरण तथा बाल बिकास सचेतना कार्यक्रम

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टीमा लागू अौषध न्यनिकरण तथा बाल बिकास सचेतना कार्यक्रम सम्पन भएको छ । वडा नं ६ को कार्यालयको आर्थिक सहयोगमा ग्रामिण पत्रकार समूह वराहक्षेत्रले उक्त कार्यक्रम आयोजना गरेको थियो ।  कार्यक्रममा वडा नं ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय , भानु आधारभुत बिद्यालय , सप्तकोशी आधारभुत बिद्यालय र सुनसरी गार्डेनका विद्यार्थी तथा लागू पदार्थबाट पुनस्थापित भएका युवाहरुको सहभागिता रहेको ग्रामिण पत्रकार समूह वराहक्षेत्रका अध्यक्ष हिरण्य कार्कीले बताए । वडा नं ६ को सभाहलमा आयोजना भएको कार्यक्रममा सहभागि बिद्यार्थीहरु र युबाहरुलाई लागू औषध न्यनिकरण तथ

    • प्रकाशित मितिः असार १५, २०८१
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रष्ठिानका प्रा.डा. शर्मालाई सम्मान

    धरान/ ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्र बोकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मात्र हैन समुदायमै गएर विविध कारणले उपचार गराउन नपाएका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई केएचडिसी कार्यक्रम सञ्चालन गरेर लक्षित वर्गको स्वास्थ्य सेवामा समर्पित भएको भन्दै दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शर्मासँगै उनको टिमलाई धरान उपमहानगरपालिका वडा नं. ८ वडासमितिले सम्मान गरेको हो । विशेष गरी मेडिसिन विभागमा रहेर उच्च रक्तचाप, मधुमेह, मृगौलाको उपचारमा संलग्न रहँ

    • प्रकाशित मितिः असार १३, २०८१
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गर्भवती जिम्मा लाउन खोजेपछि आत्माहत्या

    झापा/ मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला जिम्मा लगाउन खोजिएपछि झापामा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका–८ को वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोजेपछि भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकैका ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुण्डिएर आत्महत्या गरेको आफन्तले आरोप लगाएका छन् । मेलमिलाप समितिका पदाधिकारीहरूले सोझा र निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गरेको छोरा पर्वलाल राजवंशीलको आरोप छ । बुबालाई आत्

    • प्रकाशित मितिः असार १३, २०८१
    • 967 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी राजधानी जलमग्न,उडान सेवा बन्द

    विराटनगर/ कोशी प्रदेशको राजधानी अविरल बर्षाको कारण जलमग्न भएपछि डुबानमा परेको छ । विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बुधबार बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए । विराटनगर, बुढीगंगाका धेरै क्ष

    • प्रकाशित मितिः असार १३, २०८१
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी र मोरंगमा बाढीले पाँच जनाको मृत्यु,

    धरान/ सोमबारदेखि अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले सुनसरीको धरानका विभिन्न स्थानमा दर्जनौ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् भने मोेरंगमा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ । सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो । बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्था

    • प्रकाशित मितिः असार १२, २०८१
    • 570 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा कांग्रेसद्धारा लाली गुरांसको विरुवा रोप्ने कार्य सम्पन्न

    धरान/  सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० को विष्णुपादुका वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा. शेखर कोइरालाले लाली गुरांसको विरुवा रो

    • प्रकाशित मितिः असार ११, २०८१
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान विजयपुरमा स्वास्थ्य शिविर

    धरान/ शनिबार धरान–१४ विजयपुरमा पेटको रोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त  शिविरमा १०४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।शिविर नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाज महिला समितिले आयोजना गरेको हो । शिविरमा डा.सन्दीपराज बज्राचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उनले नियमित ३ महिनामा चेकजाँच गर्दा बेलैमा रोग पत्ता लाग्ने बताउँदै समयमा ध्यान नदिँदा क्यान्सर सम्म हुने उल्लेख गरे । धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई पेटरोग सम्बन्धी विशेष सेवा प्रदान गरेकोमा डा. बज्राचार्य लगायत सबैलाई धन्यवाद दिए । समाजका केन्द्रीय अध्यक्ष महेश

    • प्रकाशित मितिः असार १०, २०८१
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिप प्रज्वलन गरेर अग्रजको सम्मान

    धरान/ पञ्चायती शासन व्यवस्थाका समय ज्यानको बाजी थापेर संगठन निर्माण गर्ने अग्रजहरुको सम्मान र इतिहासको सम्झना गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार सांझ देशव्यापी दिप प्रज्वलन गरेकोछ । धरानमा पनि सांझ ७ बजे भानुचोकमा संगठनको ४५ औं स्थापना दिवसको सन्दर्भ पारेर दिप प्रज्वलन गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा सयौँको संख्यामा मजदुरहरुको सहभागीतामा दिपप्रज्वलन गरि अग्रजहरुको सम्मान र इतिहासको सम्झना गरिएको हो । धरानको मुख्य चोकमा रहेको भानुभक्तको शालिक अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लोगोलाई रंगीविरंगी अविरको सहायतामा कलात्मक लोगो बनाइ दिप

    • प्रकाशित मितिः असार १०, २०८१
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाद्वारा कृषकलाई अनुदानमा स्प्रेयर टंकी, टुबवेल तथा पानी तान्ने मोटर वितरण

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी, साना सिंचाई स्यालो टुबवेल तथा पानी तान्ने विधुतिय मोटर वितरण सुरु गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक स्विकृत कार्यक्रम अनुसार कृषकलाई ५० प्रतिशत मुल्य अनुदानमा चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण सुरु गरेको हो ।  नगरपालिकाको कृषि बिकाश शाखामा किसानहरुले दिएको निबेदनका आदारमा आर्थिक बिकाश समितिको बैठक बसेर ९ सय ८८ जना किसानलाई चार्जेवल टु ईन वान स्प्रेयर टंकी वितरण गर्ने तय गरिएको शाखाकी प्रमुख तुलसा लिम्बुले बताईन् । त्यस्तै समितिको बैठकबाटै ७८ जनालाई साना सिंचाई स्यालो टुबवेल र ४४ व

    • प्रकाशित मितिः असार ९, २०८१
    • 684 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मजदुर संगठनद्वारा धरानमा १ सय ४ पिन्ट रगत संकलन

    धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेकाछन् । संगठनको ४५ औं स्थापना दिवसको अवसरमा संगठनले असार ७ देखि ९ गतेसम्म त्रिदिवसिय कार्यक्रम गर्ने निर्णय गरे अनुसार धरान उपमहानगर कमिटीले ७ गते श्री सरस्वती बालआश्रमका बालबालिकाहरुलाई खाना खुवाएर कार्यक्रम सुरु गरेको थियो । सोही अनुरुप आइतबार भानुचोकमा रक्तदान ककार्यक्रम गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनको ४५ औं स्थापना दिवस लेखिएको केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानी

    • प्रकाशित मितिः असार ९, २०८१
    • 949 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved