धरानमा कांग्रेसद्धारा लाली गुरांसको विरुवा रोप्ने कार्य सम्पन्न "गुरांस लोप हुंदै गएकाले संरक्षण गर्न आवश्यकः डा. शेखर कोइराला"

  • असार ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उपमहानगरपालिका वडा नं. २० को विष्णुपादुका वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ ।

नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो ।

कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा. शेखर कोइरालाले लाली गुरांसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

प्रमुख अतिथि डा. कोइरालाले विरुवा रोप्नु अघि संक्षिप्त संवोधन गर्दै विगतमा तेहर्‍थुमको तिनजुरे पैदल हिडेर जांदाको समयमा भन्दा पछिल्लो समय गुरांस लोप हुंदै गएको अवस्था देखिएकाले चिन्ता व्यक्त गर्नुहुंदै लाली गुरांसको संरक्षण गर्न आवश्यक रहेको बताएका थिए ।

मन्तव्यैकै क्रममा उनले वंशीला क्षेत्र रमणीय तर विकट भएको भन्दै सडक, खानेपानी र तिर्थस्थलको रुपमा रहेको हिमालय ध्यान केन्द्रको पूर्वाधार विकास स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

डा. कोइरालालाई स्थानीयवासीहरुका तर्फवाट स्थानीय पूष्प तामाङले ज्ञापन–पत्र समेत बुझाएका थिए ।

लाली गुरांसको विरुवा रोप्ने अभियानका संयोजक तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वंशीला क्षेत्र समुद्री सतहदेखि १४००–१६०० मिटर उचाईमा रहेकाृे र लाली गुरांसको लागि उपयुक्त वातावरण र हावापानी भएकाले लाली गुरांस रोपेर धरानलाई नयां पहिचान दिन र पर्यटनको एक आकर्षक गन्तव्य बनाउंदै यसको माध्यामवाट स्थानीयवासीको आर्थिक जीवनस्तर माथि उकास्ने तथा विद्यमान कष्टपुर्ण जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले लाली गुरांसको विरुवा रोप्ने कार्यक्रम गरिएको बताए ।

उनले आफुहरुले कुनै राजनीति गरेको नभई समाज सेवाका भावनाले विशुद्ध समाजमुखि तथा जनतामुखि सामाजिक कार्य गरेको र रोपिएको विरुवाको रेखदेख, गोडमेल, मलजल संरक्षण गर्ने महत्वपूर्ण भूमिका तथा अभिभारा स्थानीयको समेत रहने बताउंदै लाली गुरांस हुर्काउने बढाउने कार्यमा ध्यान दिन आग्रह गरे ।

सभापति तामाङले स्थानीयवासीहरुलाई संवोधन गर्दै लाली गुरांसको स्याहार, समृद्धिको आधार भन्ने नाराका साथ गुरांस रोपिएको जनाउंदै यता लाली गुरांस फुल्यो उता तपाईहरुको समृद्धिको ढोका खुल्यो भन्दै स्थानीयवासीहरुमा उत्साह जगाएका थिए ।

संरक्षण रेखदेखका लागि हेरालु समेतको व्यवस्था गर्नेगरी लाली गुरांस रोप्ने कार्यक्रम भएको भन्दै स्थानीयवासीहरुले समेत खुशी व्यक्त गर्नुका साथै कार्यक्रमको पूर्वतयारी देखि विरुवा राप्ने कार्यमा समेत उत्साहजनक खटेका थिए ।

उनीहरुले संरक्षणमा समेत निरन्तर ध्यान दिने बताएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राई र विष्णुपाउ सामुदायिक वनका अध्यक्ष सानु तामाङले स्थानीयवासीहरुको तर्फवाट विचार राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, पूर्व सांसद ज्योति सुब्बा, जिल्ला सहसचिव गणेश सुब्बा, मोरङ क्षेत्र नं.६ का सभापति देवराज तामाङ, पूर्व नगर सभापति किशोर राई, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई,

पूर्व उपमेयर जमुना पोख्रेल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य दोर्ची शेर्पा, नेपाल महिला संघका केन्द्रीय सदस्य उर्मिला प्रधान, जिल्ला सभापति विजया कटवाल, बराहक्षेत्र नगर उपसभापति युवराज श्रेष्ठ, धरान नगर सचिव हिमाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले सभापति तामाङको संयोजकत्वमा सदस्यहरु सुवर्ण श्रेष्ठ, सुमित राई, शिखा चेम्जोङ, कविता लिम्वु, रमिना सुब्बा गुरुङ र सानु घिसिङ रहेको लाली गुरांस व्यवस्थापन तथा तयारी समिति गठन गरेर समिति मार्फत धरान २० को वडा कार्यालय, वन कार्यालय, विष्णुपाउ सामुदायिक वन, हिमालय ध्यान केन्द्र र स्थानीयवासीहरुसंग समन्वय र सहकार्य गरेर कार्यक्रम गरेको हो ।

समितिले कार्यक्रमलाई सहयोग गर्ने दाताहरुको नामावली होर्डिङ बोर्ड बनाएर सोही क्षेत्रमा राखेको छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved