दिप प्रज्वलन गरेर अग्रजको सम्मान

  • असार १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पञ्चायती शासन व्यवस्थाका समय ज्यानको बाजी थापेर संगठन निर्माण गर्ने अग्रजहरुको सम्मान र इतिहासको सम्झना गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार सांझ देशव्यापी दिप प्रज्वलन गरेकोछ ।

धरानमा पनि सांझ ७ बजे भानुचोकमा संगठनको ४५ औं स्थापना दिवसको सन्दर्भ पारेर दिप प्रज्वलन गरेको हो ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा सयौँको संख्यामा मजदुरहरुको सहभागीतामा दिपप्रज्वलन गरि अग्रजहरुको सम्मान र इतिहासको सम्झना गरिएको हो ।

धरानको मुख्य चोकमा रहेको भानुभक्तको शालिक अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लोगोलाई रंगीविरंगी अविरको सहायतामा कलात्मक लोगो बनाइ दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले संगठन गर्न राज्यले बन्देज लगाएको समयमा ज्यानको बाजी थापेर अग्रजहरुले सुनसरी जिल्लाको पानीपीया जंगलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्थापना गर्ने काम नेपाली श्रमिकहरुले इतिहासमा सधैँ सम्झीरहने बताउनु भयो ।

२०३६ सालमा संगठन बनाए बापत तात्कालिन अध्यक्ष कमल बुढाथोकी, सदस्यहरु छविलाल लम्साल, रमेश विष्ट र चन्द्रबहादुर श्रेष्ठ जेल पर्नुभयो, यातना सहनुभयो र आज हामीले संगठन गर्न पाएकोमा अग्रजहरुलाई सम्झदै धन्यवाद ज्ञापन गर्नुभयो ।

संगठनको ४५ औं स्थापना दिवसको अवसरमा धरानमा सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई खानपान गाएको छ भने खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ । रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेकाछन् ।

२०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको भूमिगत रुपमा स्थापना भएको हो ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved