मजदुर संगठनद्वारा धरानमा १ सय ४ पिन्ट रगत संकलन

  • असार ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेकाछन् । संगठनको ४५ औं स्थापना दिवसको अवसरमा संगठनले असार ७ देखि ९ गतेसम्म त्रिदिवसिय कार्यक्रम गर्ने निर्णय गरे अनुसार धरान उपमहानगर कमिटीले ७ गते श्री सरस्वती बालआश्रमका बालबालिकाहरुलाई खाना खुवाएर कार्यक्रम सुरु गरेको थियो ।

3 सोही अनुरुप आइतबार भानुचोकमा रक्तदान ककार्यक्रम गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनको ४५ औं स्थापना दिवस लेखिएको केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

5 २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको भूमिगत रुपमा स्थापना भएको हो । संगठनले ४६ वर्ष प्रवेश गरेको अवसरमा संस्थापकहरु नेताहरुको योगदानको अध्यक्ष राईले स्मरण गर्नुभयो ।

8 9 प्रमुख अतिथि राईले सडक दुर्घटनामा चालकलाई हत्कडी लगाउने र कारागार पठाउने परम्परालाई तोड्न र सँगठन गर्ने अधिकारका लागि अग्रजहरुले भूमिगत रुपमा संगठन स्थापना गरेर हाम्रो पुस्तालाई गुन लगाउनु भएको बताउनु भयो ।

ऐन कानुन निर्माण र साझा मुद्धामा श्रमिकहरुलाई देशव्यापी संगठित गरेको संगठनले भविष्यामा हालको यातायात व्यवस्थापन संरचना खारेज गरि राष्ट्रिय यातायात प्राधिकरण गठन गर्दै लगानीको सुरक्षा, श्रमिकहरुको जीवनको सुरक्षा र यात्रुहरुको सुरक्षित र भरपर्दो यात्रा गर्ने अधिकारको ग्यारेन्टी गर्ने नीति निर्माण निर्माणमा आवश्यक भूमिका निर्वाह गर्नुपर्ने नयाँ कार्यभार रहेको बताउनुभयो ।

1 2 राईले भन्नुभयो यातायात श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकरण र कार्यान्वयन अबको हाम्रो कार्यभार हुने र सवारी तथा यातायात व्यवस्था ऐनलाई समय सापेक्ष संशोधन लगायत अन्य श्रमिक प्रतिकुल ऐनहरु संशोधन मार्फत श्रमिकहरुको सुरक्षाको विषय संगठनको भावी कार्यभार हुने बताउनु भएकोछ ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved