सुनसरी र मोरंगमा बाढीले पाँच जनाको मृत्यु, "धरानमा गाउँ बस्ती नै बाढीको उच्च जोखिममा"

  • असार १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सोमबारदेखि अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले सुनसरीको धरानका विभिन्न स्थानमा दर्जनौ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् भने मोेरंगमा खोलाले बगाएर पाँच जनाको मृत्यु भएको छ ।

सुनसरी र मोरङको सीमा भएर बग्ने बुढी खालामा मङ्गलवार आएको बाढीले मोरङ सुन्दरहरैंचा ५ खोक्सीका ५ जनालाई बगाउँदा एकको मृत्यु भएको छ । खोलामा माछा मार्न जाने क्रममा एक्कासि बाढी आएपछि पाँच जनालाई बगाएको हो ।

बाढीले बगाउँदा मोरङ सुन्दरहरैंचा ५ खोक्सीका २३ वर्षीया प्रेम कला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाचँजना मध्ये स्वस्तिका चौधरी भने रुखको ठुटामा अल्झिएको देखेपछि स्थानीयले उनलाई उद्धार गरेका थिए ।

बाढीले सुन्दरहरैंचा ५ कि ३५ वर्षीया फुल कुमारी चौधरी , ६० वर्षीया अफसरा चौधरी र एक जना पुरुषलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोलामा बाढी आएपछि सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ भने सुन्दरहरैंचाका नगर प्रमुख केदार प्रसाद गुरागाईँले घटना प्रति दुख व्यक्त गर्दै उचित राहतको व्यवस्था गर्ने बताएका छन् ।

घटनामा मृत्यु हुने र बेपत्ता हुने एकै परिवारको रहेको बुझिएको छ । धरान वडा नम्बरका पहाडी क्षेत्रको स्थानमा बाढी र पहिरोको जोखिम भएको छ । धरान उपमहानगर भित्रको पानबारीमा अविरल बर्षासँगै आउने बाढी बाटो भएर बग्ने गरेपछि झण्डै दुई दर्जन घर परिवार नै बाढीको जोखिममा परेको वताइएको छ ।

सोमबार रातीदेखि आएको बाढीका कारण धरान ६ पानबारी घोपाली टोलको सिंहदेबी लाइनको उतरको गाउँ नै बाढीको जोखिममा परेको हो ।भालुखोलाको शिरबाट आउने बाढी सिधै गाउँ पस्ने गरेको छ।

खोला नै गाउँ पसेपछि आसपासका घरपरिवार जोखिममा रहेको स्थानीय ज्ञानु राईले बताए। उनका अनुसार हरेक बर्ष आउने बाढी सिधै गाउँ पस्ने गरेको छ। बर्षात शुरु भएपछि गाउँमा रहेकाहरु रातभर निदाउँन सक्दैनन्।

धरान उपमहानगरभित्रको वडा रहेपनि स्थानीय सरकारले उपेक्षा गरेको गुनासो त्यहाँ वसोबास गर्नेहरुले गरेका छन्। यो साल मात्रै होइन,हरेक वर्षनै खोला गाउँ पस्छ,जस्ले गर्दा गाउँ नै जोखिममा पर्दासमेत बाढी नियन्त्रणको लागि ध्यान नदिएकाे  स्थानीयहरु बताउँछन्।

धरान उपमहानगरपालिका र वडा नम्बर ६ मा वडा कार्यालयमा समस्याको माग लिएर गएपनि समस्या समाधानको लागि वेवास्ता गरिएको ज्ञानु राईको गुनासो छ ।

उनका अनुसार उक्त वस्तीको पुछारबाट डे«न सहितको खोला व्यवस्थापनको लागि काम शुरु गरेको ३ वर्ष भएको छ,तर थोरै मात्रै काम भएको बाँकी काम वजेट अभावले नसकिएको राईले बताए।

धरानमा ९ लाख ८२ हजार ...

धरान/ सुनसरीको धरानस्थित तिनकुनेमा भन्सार छली गरेर ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरानमा लागूऔषध ब्राउन सुगर सहित दुई ...

व्यापारीको हत्या: चो ...

विराटनगर/ विराटनगरमा ४० वर्षदेखि व्यापार गर्दै आएक ...

धरानको फोहोरमा फेरि ...

धरान/ व्यवस्थित डम्पिङ साइटको अभावमा धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved