धरान । परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ । जैन श्वेताम्बर तेरापन्थ सभाको संयोजनमा सम्पन्न निःशुल्क क्लिनिकमा ४५ जना विरामीहरुले स्वास्थ्य परिक्षण गराएका थिए । वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको क्लिनिकमा विशेष गरि मुटु, मधुमेह, रक्तचापको परिक्षण गरिएको थियो । परिवर्तनका लागि सामाजिक अभियानले हरेक महिनामा २ पल्ट आयोजना गर्ने कार्यक्रम वडावडामा गर्ने अभियान अनुरुप यस पल्ट जैन श्वेताम्बर तेरापन्थ सभासँग सहकार्य गरिएको अभियानका अध्यक्
धरान । इस्टर्न स्पाइन सर्जन्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ को अध्यक्षमा प्रा.डा पशुपति चौधरी चयन भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्पाइन सर्जन प्रा.डा. चौधरीको अध्यक्षतामा प्रदेश १ स्तरिय स्पाइन सर्जनहरुको कमिटी गठन भएको हो । प्रतिष्ठानमा मंगलबार भएको सर्जनहरुको भेलाले चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डा. प्रकाश सिटौला, महासचिवमा डा. प्रेम शाही, सचिवमा डा. सुभाष झा र कोषाध्यक्षा डा. सन्दीप अधिकारी रहेका छन् । त्यसै गरि सदस्याहरुमा डा. यज्ञ खरेल, डा. मनोज कुमार शाह, डा. कुमुद लिम्बु, डा. नविन सिंह, डा. प्रमोद बराल
धरान । नेकपा एमाले धरानका उम्मेदवारहरु सँग स्थानीय जनताले खानेपानी समस्या समाधान र खहरे करिडोर नियन्त्रण गरिदिन माग गरेका छन् । एमालेका मेयर र उपमेयर सहित वडाका उम्मेदवारको घरदैलोको क्रममा वडा नम्बर ९ र १० का स्थानीयले खानेपानी समस्या समाधान र खहरे नियन्त्रण गरिदिन माग गरेका हुन् । गत बुधबारदेखि सुरु भएको घरदैलो अभियानका क्रममा विहीबार घरदैलोका क्रममा मतदाताहरुले खादा अबिर सहित खानेपानी समस्याका विषयमा जिज्ञासा राखेका थिए । स्थानीय सँग भोट माग्दै एमालेकी मेयरका प्रत्यासी मञ्जु भण्डारीले खानेपानी र खहरे करिडोर नियन्त्रण दिर्घकालिन रुपमा गर्न थप पहल भइरहेको बताइन् । वडाध्यक्षका प्रत्यासी विवेक
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृगौलाका विरामीलाई लक्षित गरी थप १२ बेडको डाइलासिसको नयाँ युनिट सञ्चालनमा ल्याएको छ । विगतमा ८ वटा सञ्चालनमा रहेको युनिटमा १२ बेड थपिएसँगै २० वटा डायलासिस मेसिन पुगेको छ । मेसिन थप भए सँग छुट्टै स्थानमा स्थानान्तरण गरिएको युनिटको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उद्घाटन गरेका छन् । उद्घाटनसँगै सञ्चालनमा समेत आइसकेको छ । डायलासिस मेशिनको अभावमा पालो नपाएर राम्रो उपचार नपाएकाहरुले अब सहज ढंगले डायलासिस गर्न पाउने भएका छन् । ५ महिनादेखि लगातार प्रतिष्ठानमा डाइलासिस गर्दै आएका धरान १४ का विकास श्रेष्ठले वेड विस्तार भएसँगै सह
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणका लागि चिकित्सकहरुनै लामो समय देखि आन्दोलनमा छन् । विगत ११ महिना देखि शुद्धिकरणका लागि प्रतिष्ठानकै चिकित्सक, कर्मचारी सहित विद्यार्थीहरु आन्दोलित छन् । थप प्रतिष्ठान बाहिर पनि स्थानीय सहित अभियन्ताको नाममा एक समुह पनि खबरदारी गर्दै दैनिक धर्नामा रहेको छ । लामो समय देखि आन्दोलन चलिरहँदा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले शुद्धिकरण अभियन्ताबाटै विकाशका कामहरुमा बाधा पुगेको दाबी गर्छन् । शुद्धिकरणको माग गर्दै आन्दोलन गर्नेहरु बाटै विकाशमा बाधा पुगेको उनको भनाई छ । उपकुलपति डा. गिरीले आफ्नो कार्यकालमा भएका गरेका कामह
धरान । रगतको अभाव बढ्न थाले पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको रक्तदान कार्यक्रम अभियानमा सरिक हुँदै धरान उमपहानगरपालिकाको नेकपा एमालेको तर्फबाट मेयरकी उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले रक्तदान गर्न आव्हान गरेकी छिन् । मंगलबार धरान १७ स्थित रेल्वे चौकमा रेडक्रसले आयोजना गरेको आकस्मिक खुल्ला रतmदान कार्यक्रममा सरिक हुँदै सबैलाई रतmदान गर्न आग्रह गरेकी थिईन् । उनले भनिन्, ‘अहिले धरानमा रगत अभाब भएको छ , स्वास्थ्य जस्तो कुरामा हामी सवै गंभीर वन्नु आवस्यक छ,अस्पतालमा रगत अभावले छटपटाई रहेकाहरुको जीवन वचाउनु् हामी सवैको कर्तव्य भएकाले सवैलाई रतmदान गर्न आम नगरवासीमा अनुरोध गर्द
धरान । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा नागरिक होमिए सँगै रक्तदान कार्यक्रमहरु आयोजना हुन नसक्दा धरानमा आकस्मिक रक्तदान कार्यक्रमको अभियाननै संचालन भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित रक्त सञ्चार सेवाले आफ्नै पहलमा रक्तदान कार्यक्रम गर्न थालेको छ । सोसाइटीले तिन दिन सम्म धरानका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ । सोमबार धरान १ स्थित पुरानो अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको सोसाईटीले मंगलबार धरान १७ स्थित रेल्वे चौंक र बुधबार र विहिबार पनि रक्तदान कार्यक्रमको अभियान संचालन गरेको छ । विगतमा व
धरान । स्पार्क फाइभ अस्पतालले आठौ बार्षिकोत्सवको अवसर पारेर अस्पताल प्रांगणमै सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको छ । मुख्य कार्यालय काठमाण्डौ रहेको स्पार्कको पाचौ शाखा रहेको धरान १ स्थित अस्पताल प्रांगणमै सोमबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । काठमाण्डौबाट आएका चिकित्सक सुनिल पौडेलले उपचारमा आएका विरामीको चेकजाँच गरेका थिए । उपचारमा आएकाहरुले हाडजोर्नीको समस्या, प्यारालाइसिस, मुख बांगिएको लगाायतका रोगको निःशुल्क उपचारसँगै औषधि समेत निःशुल्क वितरण गरिएको स्पार्क फाइभकी व्यवस्थापक मिला बस्नेतले बताइन् । उनले भनिन्, ‘निःशुल्क उपचारसँगै औषधि र ल्याबमा टेष्टमा समेत २
धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राष्ट्रिय स्तरको मेडिसिन अध्यावधिक सम्पन्न भएको छ । करिब दुई दशक पछि दोश्रो पटक गत शुक्रबार र शनिबार अध्यावधिक कार्यक्रम प्रतिष्ठानको मेडिसिन विभागले उपकूलपती ज्ञानेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका इन्टर्नल मेडिसिन विभागका प्रमुख तथा हर्मोन रोग विज्ञ डा. रबिन मास्केले गरेका थिए । पहिलो पटक सन् २००३ मा कार्यक्रम प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागले नै आयोजना गरेको थियो । ‘दिर्घकालिन गैर संचारित रोग, रोकथाम, प्रारम्भिक निदान वा रोगमुक्तीः नेपालले कहा मुख्य भूमिका खेल्नुपर्छ&r
धरान । सवारी दुर्घटनामा परि ज्यान गुमाएका सेमसङ मगरका परिवारलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानि प्रदान गरेको छ । गत कात्तिक २८ गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलबार बिमा वापतको रकम प्रदान गरेको हो । मगरले १ लाख बराबरको जीवन बिमा गरेका थिए । कम्पनीका शाखा प्रमुख धनु श्रेष्ठका अनुसार मगरका बुवा कुमार मगर आमा शकुन्तला मगरलाई १ लाख १ हजार २५ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको छ । मगरले ३ महिना अघि १ लाख रुपैयाँको बिमा गरेका थिए । बिमा गरेको ३ महिनामा उनको सवारी दुर्घटना परि मृत्यु भएको थियो । कम्पनीले धरान ५ देवि गाउँ स्थित मगरको निवासमै पुगेर चेक मार्फत रकम