धरान/ नेपाल रेडक्रस सोसाइटीको ६२ औ स्थापना दिवस ।
दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान १ मा रहेको कार्यालय परिसरमा विविध कार्यक्रम गरी मनाएको छ । सो अवसरमा रेडक्रसले मानवीय सेवामा गरेका कामहरुको विषयमा चर्चा भएको थियो ।
दिवस ।मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएपछि भने अझ प्रभावकारी काम भएको पाइएको छ ।
विपत्त व्यवस्थापनमा सक्रियता, पीडित परिवारलाई सहयोग लगायतका कामको प्रभावकारिता देखिएसँगै रक्त सञ्चार सेवाबाट दिने सेवाले अझ रेडक्रसको गरिमा बढेको अभाष भएको सहभागीहरुले बताएका थिए ।
सो अवसरमा बोल्दै रेडक्रस सुनसरीका पूर्व अध्यक्ष एवम् रक्तसञ्चार सेवा सुनसरीका संयोजक बासुदेव गौतमले विश्वमा रेडक्रस स्थापना भएको एक सय बर्षपछि मात्र नेपालमा रेडक्रसको स्थापना भएको सबैलाई जानकारी गराएका थिए ।
उनका अनुसार विश्वमा १८६३ मा रेडक्रसको स्थापना भएको थियो भने एकसयबर्षपछि १९६३ मा नेपालमा स्थापना भएको बृतान्त सुनाउँदै स्थापना कालदेखि नै मानवीय सेवामा समर्पित रहँदै आएको बताए ।
भौतिक तथा मानवीय क्षति भएको स्थानमा पुगेर उद्धारसँगै पीडितलाई राहतको सामाग्री वितरण गर्दै आएको रेडक्रसले अहिले नेपालका सबै स्थानमा रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।
धरानमा समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रक्तसञ्चार सेवा सञ्चालनमा रहेको छ । यसले विरामीलाई हुने रगतको अभावलाई परिपूर्ति गर्ने काम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापाले यो बर्ष रेडक्रसद्वारा सञ्चालित रक्तसञ्चार सेवा सुनसरीले करिब १७ हजार रगत संकलन गरेर रगतको आवश्यकता भएका विरामीहलाई परिपूर्ति गर्ने काम गरेको बताए ।
सो अवसरमा बोल्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले रेडक्रसको मानवीय कामको प्रशंसा नगरिकन बस्नै नसकिने बताए । उनले रेडक्रसको प्लस चिन्ह देख्ने वित्तिकै सहयोगी भावना जागृत हुने बताए ।
उनले नेपालमा मात्रहैन विश्वमै द्वन्द्वका बेला, विपत्तका बेला तथा कुनै पनि मानवीय सेवाको सवालमा प्रशंसनीय काम भए पनि चुनावका समयमा रेडक्रसमा समेत राजनीति प्रवेश गरेको पछिल्लो घट्नाले भने रेडक्रसको छवि कहै कतै धमिल्याउन त खोजिएको हैन भन्ने भान हुने गरेकोले यसतर्फ सचेत हुने सुझाव दिए ।
सो अवसरमा रेडक्रसका संस्थापक, आजीवन सदस्य, सुरक्षाकर्मीका प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले समेत रेडक्रसले विश्वमै पु¥याएको मानवीय सहयोगको खुलेर प्रशंसा गरेका थिए ।
उनीहरुले रेडक्रसमा राजनीतिक घुसपैठ नभई विसुद्ध ढंगबाट चल्नुपर्नेमा सुझाव समेत दिएका थिए ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको विशिष्ट सदस्यता प्राप्त गर्नुहुने धरान ३ का मणि सुब्बा र धरान १६ का घनश्याम बुढाथोकी प्रमाणपत्र प्रदानपत्र गरिएको थियो ।
यसै आर्थिक बर्ष २०८०–८१ म सबै भन्दा बढी रक्तदान गनै धरान राउण्ड टेबल (१०५ पिन्ट) पब्लिक हाइस्कुल धरान १२.(१०६) प्रिन्ट, नगर सेवा दल बराहक्षेत्र (१२३ पिन्ट) लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।