धरानमा आत्महत्या समस्या विकराल,कोशीमा झनै डरलाग्दो

  • भदौ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मानसिक रोग नै आत्महत्याको विशेष कारण रहेका चिकित्सकहरुले बताएका छन् ।

अधिकांंश आत्महत्या मानसिक रोगबाटै विजारोपण भएकोले मानसिक रोगबाट बच्ने उपायको अवलम्बन गर्नु बाहेक अर्कौ विकल्प नरहेको बताएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य मानसिक रोगबाटै आत्महत्या हुने गरेकोले मानसिक रोगबाट बच्ने उपायका विषयमा सबैले सजक हुनुपर्नेमा जोड दिए ।

उनले मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेकोले यसको समयमै पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिए ।

उनले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित प्रभातफेरि पश्चात कोणसभामा बोल्ने क्रममा यस्तो बताएका हुन् ।

इलाका पहरी कार्यालय धरानका प्रहरी निरक्षक दिवस कुवरले प्रत्येक बर्ष आत्महत्या गर्नेको संंख्यामा बृद्धि हुदेै गएको तथ्यांक उल्लेख गरे । उनले आथिक बर्ष २०७९–८० मा न्यून रहेको संख्या आर्थिक बर्षमा ५४ जना आत्महत्याका घट्ना भइसकेको बताउदै यो आर्थिक बर्ष २०८१–८र्२ को दुई महिनामा समेत आत्महत्याका घट्ना बढ्दै गएको पाइएकोले आत्महत्या दिन प्रतिदिन विकराल बन्दै गएको बताए ।

दिवसको आयोजना गरेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखका प्रमुख उमेश मेहताले मानसिक रोग लुकाएर हैन खुलेरै उपचार गर्नुपर्ने बताए ।

उनले यसका लागि सचेतनाका कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।धरान उपमहानगरपालिकाको प्रांगरणबाट भएको सचेतना ¥याली धरानको भानुचौकमा कोणसभामा परिणत भएको थियो ।

धरानमा मात्र यो संख्या बढको भने होइन । कोशी प्रदेशमा हेर्ने हो भने त आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । कोशी प्रदेश मातहतका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार ६२ वटा मुद्दा दर्ता भएको छ भने २०७९/०८० मा ८ हजार ७२४, आर्थिक वर्ष २०८०/०८१ मा ९ हजार ३८७ वटा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दर्ता भएकामध्ये तीन वर्षमा सबैभन्दा बढी आत्महत्या रहेको जनाइएको छ । तीन वर्षमा ४ हजार ५८४ वटा आत्महत्याको घटना प्रहरीमा दर्ता भएको अभिलेखमा देखिन्छ ।

आत्महत्या आर्थिक वर्ष २०७८/०७९ मा १ हाजर ४८२ वटा दर्ता भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १ हजार ५४८ वटा यस्ता मुद्दा दर्ता भएको प्रदेश प्रहरीले जनाएको छ । ०८०/०८१ मा १ हजार ५५४ वटा आत्महत्याको मुद्दा दर्ता भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ ।

यसतर्फ समयमै सचेत नभए आत्महत्याका घट्नाले भयावह रुप लिने भएकोले सबै सचेत हुनुपर्ने मनोचिकित्सक लगायत सबैले आग्रह गरेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved