प्रतिष्ठानले मनायो स्थापना दिवस:स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १११ औ विपी जयन्ति तथा ३१ औं स्थापना दिवस सम्पन्न गरेको हो ।

प्रतिष्ठानको उपकुलपतिको कार्य कक्ष अगाडि भएको कार्यक्रममा जर्ज इन्स्चियुट फर ग्लोबल हेल्थ भारतका चेयर पर्सन प्रा.डा. विवेकानन्द झाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै प्रतिष्ठानका कुलसचिव प्रा.डा.सूर्यप्रसाद संग्रौलाले धरानको बीपी प्रतिष्ठानले स्वास्थ्य क्षेत्र तथा चिकित्सक उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याए पनि समय समयमा विभिन्न माग राखी चिकित्सक, कर्मचारी लगायतले गर्ने आन्दोलनका कारण प्रतिष्ठानको अर्थतन्त्रमा भने असर परेको बताए ।

सो अवसरमा बोल्दै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानको स्वास्थ्य गुणस्तरमा दिनप्रतिदिन सुधार हुदै आएको बताउनुभयो । उहाँले अहिले बीपीमा हरेक प्रकारका रोगका विरामीको उपचार सेवा सर्वसुलभढंगबाट हुदै आएको सबैलाई जानकारी गराए ।

उनले बीपीमा आइसियुको कमीका कारण विरामीले सास्ती भोग्नु परेको कुरालाई मध्यनजर गरी यही आर्थिक बर्षभित्रमा प्रतिष्ठानमा १५० वटा आइसियु सञ्चालन गरिने बताए ।

सो अवसरमा प्रमुख अतिथि जर्ज इन्स्चियुट फर ग्लोबल हेल्थ भारतका चेयर पर्सन प्रा.डा. विवेकानन्द झाले प्रतिष्ठानले चिकित्सक उत्पादन, गुणस्तरीय स्वास्थ्य प्रदानमा गरेको कामको प्रशंसा गरेका थिए ।

ने्पालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिककमा माल्यार्पण समेत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।

 

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved