मानसिक रोगलाई बेवास्ता नगरौँ

  • भदौ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

कोशी प्रदेशमा आत्महत्याको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

प्रहरी कार्यालयमा भएको अभिलेखबाट यस्तो तथ्य देखिएको हो । प्रहरीको अभिलेखबाट कोशी प्रदेशमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ ।

कोशी प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा आत्महत्याका १ हजार ४८२ वटा घटना दर्ता भएका छन् भने २०७९/०८० मा १ हजार ५४८ र २०८०/०८१ मा १ हजार ५५४ वटा घटना दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ ।

धरानमा पनि आत्महत्याका घटना निरन्तर बढिरहेको देखिन्छ ।

प्रहरीको अभिलेखबाट यस्तो देखिएको हो । कतिपय घटना प्रहरीसम्म नपुगेका पनि हुन सक्छन् । धरान वा कोशी प्रदेशमा मात्र होइन, देशमै पनि आत्महत्याको दर बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

केही समयअघि प्रहरी विभागले देशभरिमा गरेको अध्ययनबाट पनि यस्तो निष्कर्ष आएको थियो । यसबाट के देखिन्छ भने हाम्रो समाजमा आत्महत्याले विकराल समस्याको रूप लिँदैछ ।

चिकित्सकहरूले मानसिक रोगलाई नै आत्महत्याको विशेष कारण बताउने गरेका छन् । अधिकांंश आत्महत्या मानसिक रोगबाटै बीजारोपण हुने मानसिक रोग चिकित्सकहरूको भनाइ छ ।

त्यसैले आत्महत्यालाई रोक्न मानसिक रोगबाट बच्ने उपाय अवलम्बन गर्नुबाहेक अर्को विकल्प छैन ।

यस विषयमा सबैले बेलैमा सजग हुनु आवश्यक छ । हाम्रो समाजमा मानसिक रोगलाई नकारात्मक रूपमा लिइने भएकाले बिरामी र बिरामीका परिवारले पनि यसलाई लुकाउने गरेका छन् ।

मानसिक रोगलाई पनि अन्य रोगसरह लिएर अस्पातालसम्म नपुर्‍याउँदा आत्महत्याका घटना अनपेक्षित रूपमा बढिरहेका छन् । अहिलेको व्यस्त जीवनशैली, आर्थिक दवाब जस्ता कारणले मानिसहरू मानसिक तनावको सिकार हुने गरेका छन् ।

यसैबाट मानसिक रोग बीजारोपण हुने गरेको मानसिक रोग चिकित्सकहरूले बताउने गरेका छन् ।

त्यसैले मानसिक रोगलाई समयमै पहिचान गरेर उपचार गर्नु आवश्यक छ ।

यसततर्फ सबैको ध्यान जानुपर्छ । यस विषयमा जनचेतना फैल्याउन सरकारले पनि विशेष योजना र कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । स्थानीय सरकारले पनि जनचेतनाका कार्यक्रममा विशेष ध्यान दिनु अपेक्षित छ ।

प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय हो । यसततर्फ समयमै सचेत नभए आत्महत्याका घटनाले अझ भयावह रूप लिने भएकाले सबै सचेत हुनुपर्छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved