धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज बजारमा मंगलबार साँझ झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । आगजनी, तोडफोड र घरेलु हतियारसहितको आक्रमण–प्रत्याक्रमणका कारण सुरक्षा अवस्था केही समय नियन्त्रणबाहिर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडप लामो समयसम्म जारी रहँदा दुवै पक्ष ठूलो सङ्ख्यामा सडकमा उत्रिएका थिए । रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियार प्रयोग गर्दै एकअर्कामाथि आक्रमण भएको बताइएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा टोली
धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनापछि सुरु भएको आन्दोलन मंगलबार कोशी प्रदेशदेखि मधेश प्रदेशसम्म फैलिएको छ। घटनाको विरोधमा विराटनगरमा बजार बन्द गराइएको छ भने सुनसरी र सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिएको छ। विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेपछि अधिकांश पसल बन्द भएका थिए र बजारको जनजीवन प्रभावित बनेको थियो
झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको एक कोठाभित्र २९ वर्षीया महिलाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान फरार रहेकाले प्रहरीले खोजी तीव्र बनाएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाही लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना विद्यालयमै बसोबास गर्दै अध्यापन गरिरहेका थिए। विद्यालयमा साउन ५ गतेदेखि बिदा भएपछि दुवै जना सम्पर्कविहीन भएका थिए। साउन ११ गते विद्यालय खुलेपछि दम्पती नदेखिएपछि विद्यालय प्रशासनले फोन सम्पर्कको प्रयास गरेको थियो। त्यसक्रममा रतन गुप्ताले विद्यालयका प्रधा
काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका ल
धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड र वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो। नेपाल चिकित्सक संघ, धरान शाखा, सुनसरीले केन्द्रीय कार्यालयको निर्णयप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सुनसरी जिल्लाभित्रका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेक सम्पूर
धरान/ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा सुरु भएको साम्प्रदायिक तनाव सकेको छैन । जिल्ला प्रशासन कार्यालयले बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरे पनि विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट र आक्रमणका घटना निरन्तर भइरहेपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेको छ। आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको हो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ ज
मोरङ/ मोरङको रंगेलीमा एक बालिकामाथि दुई दिनसम्म विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी तथा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ का २१ वर्षीय सुमन कुमार साह (क्याफे सञ्चालक), रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्। प्रहरीका अनुसार घटनाको सुरुवात साउन ३ गते बिहान भएको थियो। प्रारम्भिक अनुसन्धानबाट मोहम्मद अरमानले बालिकालाई फकाई–फुल्याई रंगेली–७ स्थित एक क्याफेमा पुर्याएको र त्यहाँ अरमान तथा
सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा रहेका दुई समूहबीच सामान्य विवाद सुरु भएको थियो। राति
सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६, इस्राईल कामत क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। शुक्रबार बिहान ५ः५० बजे प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको प्रहरी टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई शंकाको आधारमा जाँच गर्दा उनको साथबाट चार वटा पोकामा लुकाइराखिएको १०८.०३ ग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीका अनुसार बरामद पदार्थमध्ये क्रमशः ३८.१३ ग्राम, ३७.३१ ग्राम, ३०.७५ ग्राम र १.८४ ग्राम रहेको छ। लागुऔषधसहित पक्राउ परेका थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार
धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्राध्यापक गिरिराज शेर्मा लिम्बूको दुःखद निधन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्मा घटनास्थलमै मृत फेला परेका थिए। प्रारम्भिक जानकारीअनुसार बिरामी