सामूहिक बलात्कार आरोपमा ५ जना पक्राउ

  • साउन ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ मोरङको रंगेलीमा एक बालिकामाथि दुई दिनसम्म विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी तथा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रंगेली–३ का १८ वर्षीय मोहम्मद अरमान, सुनवर्षी–९ का २१ वर्षीय सुमन कुमार साह (क्याफे सञ्चालक), रंगेली–७ का २० वर्षीय करण मण्डल, १८ वर्षीय प्रियान्सु साह तथा रंगेली–६ का १८ वर्षीय रितिक यादव रहेका छन्।

प्रहरीका अनुसार घटनाको सुरुवात साउन ३ गते बिहान भएको थियो। प्रारम्भिक अनुसन्धानबाट मोहम्मद अरमानले बालिकालाई फकाई–फुल्याई रंगेली–७ स्थित एक क्याफेमा पुर्‍याएको र त्यहाँ अरमान तथा क्याफे सञ्चालक सुमन कुमार साहले जबरजस्ती करणी गरेको खुलेको छ।

त्यसको भोलिपल्ट साउन ४ गते राति पुनः करण मण्डलले बालिकालाई रंगेली–७ स्थित अर्को क्याफेमा पुर्‍याएका थिए। उजुरीअनुसार त्यहाँ करण मण्डल, प्रियान्सु साह र रितिक यादवले मिलेर बालिकामाथि सामूहिक बलात्कार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्र कुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। घटनास्थलबाट प्रमाण संकलन गर्ने तथा अन्य तथ्यहरू जुटाउने कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ भने घटनासम्बन्धी कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले आरोपितहरूलाई पक्राउ गरेको हो।

विजयपुर दरबारमा राखि ...

धरान/ धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक तथा प ...

सुनसरी हिंसाः गाउँबस ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

इटालीमा नेपालको प्रत ...

धरान/  धरानका एक विद्यार्थी पहिलोपटक अन्तर्रा ...

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved