विद्यालयको कोठाभित्र महिलाको शव फेला, श्रीमान फरार

  • साउन १२, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको एक कोठाभित्र २९ वर्षीया महिलाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान फरार रहेकाले प्रहरीले खोजी तीव्र बनाएको छ।

प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाही लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना विद्यालयमै बसोबास गर्दै अध्यापन गरिरहेका थिए। विद्यालयमा साउन ५ गतेदेखि बिदा भएपछि दुवै जना सम्पर्कविहीन भएका थिए।

साउन ११ गते विद्यालय खुलेपछि दम्पती नदेखिएपछि विद्यालय प्रशासनले फोन सम्पर्कको प्रयास गरेको थियो।

त्यसक्रममा रतन गुप्ताले विद्यालयका प्रधानाध्यापकलाई सन्देश पठाउँदै आफ्नी श्रीमती किचन कोठामा झुण्डिएको अवस्थामा फेला परेको, पासो काटेर कोठामा ल्याउँदा मृत्यु भइसकेको देखेपछि डरले शव छाडेर भागेको बताएका थिए।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक जसबहादुर लिम्बुको नेतृत्वमा पुगेको टोलीले स्थानीय जनप्रतिनिधिको रोहबरमा कोठाको ताला फोडी हेर्दा महिलाको शव खाटमा दुर्गन्धित अवस्थामा फेला पारेको थियो।

प्रहरीले मृतकका आफन्तलाई खबर गरी कानुनी प्रक्रिया पूरा गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

मृतकका आफन्त झापा आइपुगेका छन् भने फरार रहेका श्रीमान रतन गुप्ताको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

स्वास्थ्य सेवा अवरुद ...

काठमाडौं/ चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved