संखुवासभा / संखुवासभाको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको छ । अक्सिजन प्लान्ट जडानमा तत्कालीन मेसुसहित दुई जनाको विरुद्धमा अख्तियारमा उजुरी परेपछि छानबिन सुरु गरेको हो । अक्सिजन प्लान्ट तीन महिना सञ्चालन भएपछि बन्द भएको थियो । प्लान्ट बन्द भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । यस विषयमा अख्तियारमा जिल्ला अस्प्ताल संखुवासभाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट श्याम सुन्दर श्याम झा र प्रशासन प्रमुख दिपेश श्रेष्ठमाथि उजुरी परेपछि अख्तियार अनुसन्धान आयोग इटहरीले छानबिन सुरु गरेको हो ।
विराटनगर /छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसित सीमा जोडिएका कारण विराटनगर कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनु आवश्यक रहेको बताए । ‘भारतमा समेत वीएफ–७ को संंक्रमित फेला परिसकेका छन् । चीनमा त ठूलो जनसंख्यालाई नयाँ भेरियन्टको संक्रमण भएको छ,’ मेयर कोइरालाले भने
विराटनगर / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो सातौ बार्षिको अवसर पारेर आइतबार रक्तदानसँगै निःशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिविरको आयोजना गरेको छ ।अस्पतालको प्रांगरणमा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको स्पार्क हस्पिटलका बजार व्यवस्थापक सञ्जिव कोइरालाले बताए । उनका अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, संकलन भएको रगतले विरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै बार्षिकोत्सवको अवसर पारेर हस्पिटलले हाजोर्नी तथा नशासम्बन्धी निःशुल्क परीक्षण गरेको छ । विशेषज्ञ चिकित्सकद
मोरङ / ग्रिनक्रस हस्पिटलले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको हस्पितालले शुक्रबार ग्रामथान ५ मा रहेको हंस मेमोरियल एकाडेमी प्रा.लि तेतरीयामा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।बरिष्ठ बालरोग विशेषज्ञ डा. रामनारायण चौधरी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अमितकुमार सेठ, बरिष्ठ फिजिसिएन डा. चन्दन विश्वास, बरिष्ठ सर्जन डा.दिवाकर विश्वासले शिविरमा आएका विरामीहरुको चेकजाँच गरेका थिए । शिविरबाट ३ सय जना सर्वसाधारणले सेवा लिएका थिए । उनीहरुलाई चेकजाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
मोरङ / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटल सातौ बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा अस्पितालले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । सातौँ बार्षिक उत्सवको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । हस्पिटलका अनुसार पुस १० गते अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर र वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो । हस्पिटलका मिडिया कोडिनेटर रुपेश अधिकारीले बिहान ९ देखि साँझ ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने बताउदै शिविरमा विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण हुने बताए । शिविरमा प्यार
छिमेकी देशहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएकोले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण चाड क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको समाचार प्रकाशमा आएको छ । हुन पनि चीनमा कोभिडको सङ्क्रमण पुनः विस्फोटक रूपमा बढेको र त्यसलाई व्यवस्थापन गर्न चीनलाई ठूलो सकस परिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले प्रसारण गर्न थालेका छन् । चीनमा कोभिडको सङ्क्रमण दरसँगै मृत्युदर पनि अत्यधिक बढिरहेको
विराटनगर / विगतदेखि नै नेपालको सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तस्करहरु सक्रिय बन्दै आएका छन् । तर पछिल्लो समय नेपालमा आँखाको लेन्स तस्करी भएर आउने गरेको पाइएको छ । नेपालमा उत्पादन भएको आँखाको लेन्स भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात हुने भारतबाट तस्करी भएर लेन्स आयात गरेको अवस्थामा पक्राउ गरेसँगै सार्वजनिक भएको हो । भारतबाट तस्करी भएर आयात भएको आँखाको लेन्स प्रहरीले आइतबार विराटनगर १६ बाट बरामद गरेको छ । नेपालमा सस्तो, भरपर्दो र विश्वसनीय उपचार हुने भएकोले मुख्य गरी भारत र छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा विरामीहरु आउने गरेका छन् । प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको आँखामा लगाइने
धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य शिक्षा एवम् स्वास्थ्य उपचार सेवामा नेपालकै उत्कृष्ट सेवा दिने संस्था बनेको छ ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघिय सरकारी अस्पताल तथा देशका स्वाथ्य विज्ञान प्रतिष्ठानहरुको राष्ट्रिय बार्षिक समीक्षा बैठकको प्रतिवेदनबाट वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट सावित भएको हो । समीक्षा बैठकमा पेश गरिएका वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज
विजयपुर / स्थानीय चिकित्सकलाई कार्यक्षेत्रमा रोक लगाएपछि विवादित छविकी प्राडा सङ्गीता भण्डारी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप विवादमा तानिएकी छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति रहेकी प्राडा भण्डारी चार महिना अघि बिपी प्रतिष्ठान आएकी हुन् । विवादमा आइरहने प्राडा भण्डारीले अनधिकृत रुपमा चिकित्सकमाथि हस्तक्षेप गरेको आरोप लागेको छ । धरानका स्थानीय चिकित्सकलाई डिपार्टमेन्टबाटै हटाउने षडयन्त्रमा लागेकी इएनटी डिपार्टमेन्टकी प्रोफेसर डा. भण्डारीविरुद्ध कारबाहीको माग गर्दै स्थानीय नागरिक समाजले प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौलालाई ध्या
झापा /हरेक स्थानीय तहले पछिल्लो समय स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । पछिल्लो समय झापाको दमक नगरपालिकाले समेत आफ्नो नगरमा रहेका दीर्घ रोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । दमक नगरपालिकासँग सहकार्य गरेर नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । रेडक्रसका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमत रगतको आवश्यकता पर्ने, पाँच बर्ष मुनिका बालबबालिका लागि निःशुल्क रगत उपलब्ध