सुनसरी, मोरङ र झापामा दुर्घटना उच्च

  • मंसिर २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

इटहरी/ पूर्व पश्चिम राजमार्गको काँकडभिट्टादेखि सुनसरीको पकलीसम्मको सडक विस्तार शुरु भएसँगै दैनिक सवारी दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ ।

ग्लोबल टेन्डर प्रक्रिया अनुसार युरो एसियन कस्ट्रक्सन कपोर््रेशन, कालिका कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा ४५ किमी, चाइना रेल्वे फस्ट ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको जो्इन्ट भेन्चरमा ४० किमी र चाइना ओभरसिज इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड र चाइना रेल्वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेड, तुङदी कस्ट्रक्सन प्रालिको ज्वाइन्ट भेन्जरमा १० किमी सडक विस्तार र स्तरोन्नति भइरहेको छ ।

सडक विस्तार र स्तरोन्नतिसँगै सडकको दुवैतर्फ खन्दा साविकको सडक साँगुरो भएका कारण दुर्घटनामा अस्वभाविक बृद्धि भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार बढ्दो सवारी दुर्घनालाई न्यूनिकरण गर्न टाइम काड सिस्टम शुरु गरेका छौ ।

यसको सकारात्मक प्रभाव परेको छ । टाइम कार्डका कारण चालकहरु समेतले सावधानी अपनाएका छन् ।

समयमा सार्वजनिक यातायात छुट्ने र एक स्थानदखि अर्को स्थानसम्मको दूरीलाई मध्यनजर गरी समय तोकिएको हुँदा प्रतिष्पर्धा गरेर सवारी चलाउनेहरु सतर्क भएका छन् । सडक विस्तार भए यता कार्तिक सम्ममा ७६ जनाको सडक दुर्घटनमा मृत्यु भइसकेको छ ।

यसमध्ये मोरङमा २३, झापामा २९ र सुनसरीमा १४ जना रहेका छन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved