सुनसरीबाट ६४ किलो गाँजा बरामद

  • मंसिर २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ ।

यस अघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो ।

यसैगरी मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका–७ स्थित सीमा इलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करिब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बोर्डर आउट पोस्ट घुस्की सुनसरीले बरामद गरेको थियो भने सोही गाउँपालिका–५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोस्ट वसन्तपुरले करिब ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधि बरामद गरेको थियो ।

यसैगरी मंसिर १९ गते सोही जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved