बेपत्ता बुढाथोकीको शव खोलामा

  • मंसिर २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

ताप्लेजुङ/ ताप्लेजुङको सिरिजंघा गाउँपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा बेपत्ता भएका राजेन्द्र बुढाथोकिको शव फेला परेको छ ।

काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता बुढाथोकिको शव सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए ।

सोही गाउँपालिकाको पेदाङ बस्ने ४५ वर्षीय बुढााथोकी यही मङ्सिर १९ गते नुहाउने क्रममा बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा मङ्गलबार फेला पारेको हो ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज मङ्सिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved