एचआईभी एड्स दिवसमा प्रभातफेरी

  • मंसिर १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ ३७ औं एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको छ ।

३७ औं एचआईभी एड्स दिवसको अवसरमा विराटनगर महानगरपालिकाको नेतृत्वमा आइतबार प्रभातफेरी निकालिएको हो ।

महानगर परिसरबाट सुरु भएको प्रभातफेरी बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दैै महानगरपालिकाका मेयर नागेश कोइरालाले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

महानगरले एचआइभी एड्सजस्ता घातक रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बजेट विनियोजन गरेर काम गरिरहेको बताए ।

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक ज्ञानबहादुर बस्नेत, महानगरका स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीपकुमार यादव, एएचएफ नेपालका केशव बजगाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महानगरको नेतृत्वमा भएको प्रभातफेरीमा परिवर्तनशील समाज, एएमडीए नेपाल, रिकोभरिङ नेपाल, स्पर्श नेपाल, रिचमण्ड फेलोसिप मोरङलगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved