पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ स्थापना दिवस देशव्यापी रूपमा रतmदान कार्यक्रम आयोजना गरि मनाउँदैछ । संगठनको यस वर्षको नारा “श्रमिकको हक, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सफल पारौँ, श्रमिक एकतालाई अझ सशक्त बनाऔँ।”रहेको छ । धरानमा पनि संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भानुचौकमा उक्त रक्तदान कार्यक्रम गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका नगर अध्यक्ष किरण थापाका अनुशार उक्त रक्तदान कार्यक्रममा ४० जनाले रतmदान गरेको बताए । कार्यक्रममा प्रम
धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा फेला पारेको हो। आज सोमबार बिहान करिब ३:१० बजे गस्ती गर्दै जाने क्रममा नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। बरामद गरिएको लागूऔषध गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीलेआइतबार राति करिब ११:१० बजे धरान–१३ निवासी ३२ वर्षीय राजकुमार तामाङ (माकुने) लाई पक्राउ गरेको हो। प्रहरीले तामाङको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा १.२० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। बरामद लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरान मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि श्रीमतीलाई फलामको रडले घाइते बनाएका एक वृद्धको तीनतलाबाट हाम्फाल्दा मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए। घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यहाँबाट हाम्फाल्दा उनको टाउको,
झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे।४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे।१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगि
धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो। समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि
दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घ
धरान/ सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य संस्थाहरूलाई समेत शनिबार र आइतबार गरी दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव स्वास्थ्य सेवामा समेत देखिन थालेको छ । यसको प्रत्यक्ष उदाहरण धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको बढ्दो चाप हो । दुई दिनको बिदाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई केही सहजता प्रदान गरे पनि सेवाग्राही भने समस्यामा परेका छन् । धरान–९ का फणिन्द्र तिम्सिनाले सरकारले लागू गरेको दुई दिनको बिदाका कारण सेवाग्राहीहरू अत्यन्तै मारमा परेको बताउनुहुन्छ । प्रतिष्ठानमा बिल काउन्टरमा लाइन, चिकित्सकसँग चेकजा
धरान/ इटहरीको कामधेनु दुग्ध विकास सहकारी संस्थासँग जोडिएको कर्मचारी आत्महत्या प्रकरणले नयाँ कानुनी मोड लिएको छ। झापा जिल्ला अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा फरार रहेका दुई प्रतिवादी रञ्जितकुमार झा र शेरबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि घटनाले पुनः चर्चा पाएको हो। अदालतले दुवै प्रतिवादीलाई खोजी गरी तत्काल उपस्थित गराउन इलाका प्रहरी कार्यालय दमकलाई निर्देशन दिएको छ। अदालतका अनुसार पटक–पटक उपस्थित हुन भनिए पनि सम्पर्कमा नआएपछि उनीहरूलाई फरार प्रतिवादीको सूचीमा राख्दै पक्राउ पुर्जी जारी गरिएको हो। यो मुद्दा कामधेनु दुग्ध विकास सहकारी संस्थाका कर्मचारी प्रेमप्रसाद मिश
धरान/सुनसरीको पूर्व–पश्चिम राजमार्गमा साइडमा रोकिएको टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल सडक किनारमा टायर पञ्चर भई रोकिएको को१ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार अन्य दुई जना २० वर्षीय आर्यन चौधरी