स्वास्थ्य

    Showing 281-290 of 2,445 items.
  • साँगुरीगढीमा मिनी ट्रक दुर्घटना, सहचालकको मृत्यु

    धरान/धनकुटाबाट धरानतर्फ सब्जी लिएर आउँदै गरेको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–९ पाँचगोलाइमा भएको दुर्घटनामा ट्रकका सहचालक २६ वर्षीय नारायण खड्का (उदयपुरगढी–९)को मृत्यु भएको प्रहरीले जनाएको छ । प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई करिब ३०० मिटर तल खस्दा सहचालकको घटनास्थलमै मृत्यु भएको थियो । चालक १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् र उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ट्र

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट २६ किलो गाँजासहित दुई युवक पक्राउ

    सुनसरी/सुनसरीको गढी गाउँपालिका–४ छिटाहा स्थित नहर नजिक प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र छिटाहाबाट संयुक्त रूपमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स.२ प.७१४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सो मात्रा लागू औषध फेला पारेको हो। मोटरसाइकलमा राखिएको एउटा कालो झोला र अर्को बोरामा प्याक गरिएको अवस्थामा २६ किलोग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ। सो क्रममा मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १६ वर्षीय अतिस राई र पछाडिको सिटमा सवार १९ वर्षीय विशाल राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय द

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेउती पुलनजिक मिनी ट्रक र बस ठोक्किँदा चार जना घाइते

    धरान/धरान–८ स्थित सेउती पुलनजिक आज साँझ करिब ५:३० बजे मिनी ट्रक, बस र स्कुटी एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७७८६ नम्बरको मिनी ट्रक सडकछेउमा पार्किङ गरिएको को १ क ६५४४ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो। सो क्रममा विपरीत दिशाबाट आइरहेको प्र.१–०२–०४७ प ३९९३ नम्बरको स्कुटी पनि सोही बसमा ठोक्किएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिषणबाबु राईका अनुसार, दुर्घटनामा मिनी ट्रक चालक नेत्र गौतम (मोरङ सुन्दरहरैचा–५) र सह–चालक सुजन तामाङ (संखुवासभा सभापोखरी–२) सहित स्कुट

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 651 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘जेनजीका शहीदहरूका सम्झनामा मेचीनगर रन सम्पन्न, विजेतालाई सम्मान र शहीद परिवारलाई सहयोग

    झापा/ झापाको युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा शनिबार बिहान ‘मेचीनगर रन–२०८२’ सम्पन्न गरेको छ । प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम बनेका छन् । दुबै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी, पुरुषतर्फ बिर्तामोडका शिव कार्की (१६ वर्ष) दोस्रो र दमकका मिङसेन लिम्बु (१८ वर्ष) तेस्रो बने। महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र रुबिना महतरा तेस्रो स्थानमा रहिन्। दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैय

    • प्रकाशित मितिः असोज २६, २०८२
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल हुने

    धरान/ धरान सिटी फुटबल क्लबको आयोजनामा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी कार्तिक २२ देखि २९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ। शनिबार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले प्रतियोगिताको विस्तृत जानकारी दिएका हुन्। राईका अनुसार, प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। आयोजकसहित धरानका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्। त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ, र विधागत उत्कृष्ट खेलाडीलाई ३ ह

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका ४० वर्षीय बिनोदको मोटरसाइकल दुर्घटनापछि मृत्यु

    सुनसरी/ धरान–नडाहा सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका धरान–५ का ४० वर्षीय बिनोद विश्वकर्माको मृत्यु भएको छ। प्रहरीका अनुसार मिति २०८२ असोज १० गते साँझ करिब ५ बजेर १० मिनेटमा बराहक्षेत्र नगरपालिका–३ धरान–नडाहा भित्री सडकमा को ३५ प ७३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त मोटरसाइकल धरानबाट नडाहा तर्फ जाँदै गरेको बताइएको छ। दुर्घटनामा चालक धरान–५ का २९ वर्षीय बिक्रम विश्वकर्मा सकुशल रहँदा पछाडि सवार बिनोद विश्वकर्मा घाइते भएका थिए। उनको टाउको र बायाँ काँधमा चोट लागेको थियो। घाइते विश्वकर्मालाई चालकले तत्कालै उपचारका लागि बीपी कोइर

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 2,961 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापाको दमकमा एक शव फेला

    दमक/  झापाको दमकमा एक व्यक्तिको शव फेला परेको छ।  दमक नगरपालिका–७, पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहराभित्र करिब ५०-५५ वर्ष उमेरका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार बिहान उक्त टहरामा गाईवस्तुले पानी खाने नालीभित्र पुरुषको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। यसपछि इलाका प्रहरी कार्यालबाट प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार मृतकको परिचय हालसम्म खुल्न सकेको छैन। मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

    सुनसरी/ सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ६ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले शंका लागेका दुई जनालाई जाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कन्चनपुर भीमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनारा रहेका छन्। जाँचका क्रममा निरा चूनाराको साथबाट १४.२४ ग्राम (चौध ग्राम दुई सय चालिस मिलिग्राम) ब्राउन सुगर लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ। दुवै जनालाई नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी : गर्भवती भएपछि घटना बाहिरियो

    झापा/ झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने गौरादह नगरपालिका–५, कटकपुरका १८ वर्षीय राघव धमलामाथि आफ्नै घर नजिकको बाँसघारीमा लगेर बालिकामाथि करणी गरेको आरोप छ। प्रहरीका अनुसार गत चैत २५ गते धमलाले डर र त्रास देखाई नाबालिकामाथि जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि मात्र घटना सार्वजनिक भएको हो। पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरीले धमलालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमै राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकार

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा एक सातादेखि बेपत्ता युवक मृत फेला

    झापा/ मेचीनगर–१ देवीगन्जका २५ वर्षीय सुजन राजपुत एक साता अघिदेखि बेपत्ता थिए। खोजतलासको क्रममा शुक्रबार बिहान उनी मृत फेला परेका छन्। राजपुतको शव सोही वडाकी सीता पाण्डेको धान खेतमा सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तिरिङले जनाएको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी तिरिङबाट टोली खटिएर घटनास्थल पुगेको थियो। प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे विस्तृत विवरण संकलन गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved