सुनसरीमा ६० एम्पुल लागुऔषधसहित युवक पक्राउ

  • मंसिर १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ६० एम्पुल प्रतिबन्धित औषधिसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ १६:१२ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको टोलीले उदयपुर, चौदण्डीगढी–६ का ३० वर्षीय नाम्सु आले मगरलाई पूर्वबाट पश्चिमतर्फ पैदल हिँडिरहेका बेला शंकास्पद देखिएपछि रोकेर चेकजाँच गरेको थियो।

खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा डाइजेपाम २० एम्पुल, फेनारगन २० एम्पुल र ब्रुपेनोर्फिन २० एम्पुल लगायत गरी जम्मा ६० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मगरलाई बरामद गरिएको लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved