धरान–११ मा किशोरमाथि मध्यराति हतियार प्रहार, तीन जना फरार

  • मंसिर १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सांगेतिक तस्बिर

सुनसरी/  धरान उपमहानगरपालिका–११ मा मङ्गलवार मध्यराति एक किशोरमाथि धारिलो हतियार प्रहार भएको छ।

राति करिब १ः३० बजे घर बाहिर निस्किएका लाक्पा राईका १५ वर्षीय छोरा आकाश राईमाथि तीन जनाको समूहले अचानक आक्रमण गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट आकाश गम्भीर घाइते भएका छन्।

उनको बायाँ कुममा गहिरो चोट लागेको र तत्कालै धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपामा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

आक्रमणमा संलग्न तीनै जनाको पहिचान खुलेको छैन। घटनापछि फरार उनीहरूको खोजी कार्य इलाका प्रहरी कार्यालय धरानले तीव्र बनाएको छ।

प्रहरीले घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान पनि अघि बढाएको जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved