सुनसरीबाट लागूऔषधसहित २ जना पक्राउ बसचोकमा मोटरसाइकलबाट ब्राउन सुगरसहित युवक पक्राउ

  • मंसिर ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ विशेष सूचनाको आधारमा सञ्चालन गरिएको दुई सफल प्रहरी कारबाहीमा इनरुवाका फरक–फरक स्थानबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

मिति २०८२।०८।०८ गते साँझ १९:१५ बजे इनरुवा–३ महेन्द्रचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले भारत, बिहारका ३२ वर्षीय राजु कुमार सोनीलाई नियन्त्रणमा लियो।
चेकजाँचका क्रममा उनको साथबाट

  • INZASCAN-10 लेखिएको INTRAZEPAM TABLETS का १४ पत्ता (१४० क्याप्सुल)
  • Spasmo-Proxyvon Plus लेखिएको १ पत्ता (८ क्याप्सुल)

जम्मा १४८ क्याप्सुल बरामद भएपछि उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान थालिएको छ।

सोही दिन १८:१५ बजे इनरुवा–४ बसचोकमा लागूऔषध ओसारपसार भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाको संयुक्त टोलीले को ३१ प २९५२ नम्बरको मोटरसाइकल रोक्दै जाँच गर्यो।

सवारी चालक, रामधुनी–५ का २१ वर्षीय सन्तोष राईले लुकिङ ग्लासको कभरमा लुकाएर ल्याउँदै गरेको ब्राउन सुगर  ०.६७ ग्राम फेला परेपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उभय घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरसकेको जिल्ला प्रहरीले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved