स्वास्थ्य

    Showing 251-260 of 2,527 items.
  • वराहक्षेत्र र भोक्राह नर्सिङका शिक्षक–विद्यार्थीलाई जोखिम न्युनिकरण तालिम

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका र भोक्राह नर्सिङ गाउँपालिकाका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थीलाई लक्षित गर्दै दुईदिने विपद् जोखिम न्युनिकरण तालिम सुरु गरिएको छ। वराहक्षेत्र नगरपालिकासँगको समन्वयमा विश्व खाद्य कार्यक्रम  को आर्थिक सहयोग तथा राष्ट्रिय वातावरण तथा सम विकास (निड्स) नेपाल को प्राविधिक सहयोगमा तालिम आयोजना गरिएको हो। आइतबारदेखि सुरु भएको तालिम पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तर्गत विद्यालय केन्द्रित रूपमा सञ्चालन गरिएको छ। तालिममा विपद् व्यवस्थापन, पूर्वानुमान र पूर्वतयारी विषयलाई पाठ्यक्रमको प्राथमिकतामा राखिएको छ। सह

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 395 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कस स्कुल र विजयपुर हस्पिटलबीच उपचारमा २० प्रतिशतसम्म छुट सम्झौता

    धरान/ धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल र विजयपुर हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार अब हिबिस्कस स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर हस्पिटलमा उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। विद्यालयको अनुरोधपछि हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो। सम्झौताबारे जानकारी दिँदै विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बिरामी कोही नहोस् भन्ने सबैको चाहना हुँदाहुँदै पनि उपचार आवश्यक परेमा विद्यालयको सिफारिस पत्र वा आधिकारिक परिचयपत्र (

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा अध्यक्ष रुपेश आचार्यको सक्रियतामा देवकोटा पथको दीर्घकालीन ढल समस्या समाधान

    सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत देवकोटा पथ क्षेत्रमा वर्षौँदेखि ढलमा डुबेर जोखिममा परेको खानेपानी पाइप तथा स्ल्याबको समस्या अन्ततः समाधान भएको छ। वडा अध्यक्ष रुपेश आचार्यको प्रत्यक्ष सक्रियता र पहलमा सम्पन्न कार्यपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। लामो समयदेखि दुर्गन्ध र असुविधा झेल्दै आएका टोलवासीहरूले वडा कार्यालयको प्रयासको खुलेर प्रशंसा गरेका छन्। दिव्य ज्योति टोल विकास संस्थाले समस्या समाधानमा अग्रसर भूमिका खेलेको भन्दै वडा अध्यक्षसहित वडा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।    

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 524 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा प्रहरी देख्नेबित्तिकै ३० केजी गाँजा फालेर दुई जना फरार

    धरान / मिति २०८२।०८।२५ – धरान उप–महानगरपालिका–२० लिङ्देन मोडमा रातिको गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नेबित्तिकै दुई जना मानिसले बोकेर ल्याउँदै गरेका दुई बोरा सडकछेउमै फालेर अन्धकारमा भागेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट संयुक्त रूपमा खटिएको टोलीले राति ११:५५ बजे गस्ती गरिरहेका बेला ती व्यक्तिहरूले एक्कासि बोरा छाडेर फरार भएको अधिकारीहरूले जानकारी दिएका छन्। गस्ती टोलीले तत्कालै दुवै बोरा खोलि जाँच गर्दा भित्र राम्रोसँग प्याक गरिएको अवस्थामा करिब ३० केजी गाँजा जस्तो देखिने लागू औषध फेला परेको थियो। बरामद गरिएको उक्त ठूलो

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 471 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुसाइड नोटले हल्लायो कामधेनु दुग्ध सहकारी: पूर्वअध्यक्षदेखि कर्मचारीसम्म विवादमा

    सुनसरी/ कामधेनु दुग्ध विकास सहकारीका बजार प्रतिनिधि प्रेमकुमार मिश्रको आत्महत्या प्रकरणले संस्थाभित्र लामो समयदेखि दबिएको कलह सतहमा ल्याइदिएको छ। कात्तिक १७ गते झापाका मिश्रले आत्महत्या गरेपछि सुरु भएको आरोप–प्रत्यारोप अझ चर्कँदै गएको छ। घटनापछि सहकारीले पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी र शेयर सदस्य मनोज दाहाललाई सदस्यताबाट हटाएको छ भने कर्मचारी तेजप्रसाद सुवेदीलाई तीन महिनाका लागि निलम्बन गरेको छ। एकैदिन तीन जनामाथि गरिएका कारबाहीले संस्थाभित्रको अस्थिरता झन् तीव्र बनेको छ। निष्कासनमा परेका अधिकारी, दाहाल र निलम्बित सुवेदीले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि थोपारिएको कारबाही

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–११ मा लागुऔषधसहित एक महिला पक्राउ

    धरान/ धरान उपमहानगरपालिका–११ मंगलबारे चोक नजिकै लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको छापामारीमा एक महिला लागू औषधसहित पक्राउ परेकी छन्। बुधबार राति करिब २१:४० बजे अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले पदम भुजेलको घरमा डेरा गरी बसेकी २४ वर्षीया रोशनी तामाङको कोठामा चेकजाँच गर्दा ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ। घरमै लुकाइ–छिपाइ राखिएको अवस्थामा बरामद गरिएको उक्त औषधीसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

    इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–२, नाङलो होटल अगाडिको कोशी लोकमार्ग क्षेत्रमा लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ १८:४० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले BR 38 T 3596 नम्बरको मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा भारतको बिहार राज्य, अररिया जिल्लाका ३० वर्षीय सुरज कुमार सोनार र २५ वर्षीय केशव कुमार ठाकुरलाई चेकजाँच गरेको थियो। जाँचका क्रममा केशव कुमार ठाकुरको साथबाट ब्राउनसुगर   १३. ४४० ग्राम बरामद भएपछि दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

    धरान/ धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। {आज} बुधबार बिहान झन्डै ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए। गम्भीर घाइते भएका अटो चालक धरान–१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारकै क्रममा 

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 1,656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको श्रीलंका टप्पुमा पशु,कृषि,ब्यक्तिगत तथा सामाजिक सुरक्षा सम्बन्धि एकीकृत घुम्ती सिविर

    वराहक्षेत्र/भौगौलिक रुपमा दुर्गम , शैक्षिक रुपमा पछि रहेको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ कोशीपारी स्थित श्रीलंका टप्पुमा नगरपालिकाले पशु स्वास्थ्य शिबिर , कृषि माटो परिक्षण तथा व्यक्तीगत तथा सामाजिक सुरक्षा सम्बन्धी एकीकृत घुम्ती सिविर आयोजना गरेको छ ।  नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगौलोक रुपमा टाढा रहेको श्रीलंका टप्पुका स्थानियहरुलाई राहत तथा सुविधाकालागी मङलवार पशु पालन किसानहरुलाई निशुल्क औषधी सहित पशु स्वास्थ्य शिविर , खोरेत बिरुद्बको खोप , माटो परिक्षण सहित परामर्श सेवा तथा व्यक्तीगत घटना दर्ता, सामाजिक सुरक्षा कार्यक्रम दर्ता सिविर आयोजना गरिएको थियो । पशु तथा चौपायमा द

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 453 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ठूलो परिमाणको लागू औषधसहित ३ जना पक्राउ

    धरान / सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले लागू औषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको हो। मंसिर २२ गते साँझ करिब ४:४० बजे लांघाली सामुदायिक वनतर्फबाट तिनकुनेतर्फ आउँदै गरेको को १ ह ७७२८ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक लाक्पा देर्जे तामाङ (२८, धरान–१५) र सोही अटोमा सवार प्रमिला राई (२३, धरान–४) को साथबाट ट्रामोल र स्पास पेन औषधिको सानो मात्रा फेला परेको थियो। प्रहरीका अनुसार तामाङको साथबाट Tramol

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 1,023 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved