धरानमा ठूलो परिमाणको लागू औषधसहित ३ जना पक्राउ सामुदायिक वन हुँदै बजार आपूर्ति गर्ने योजना भण्डाफोर

  • मंसिर २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान / सुनसरीको धरान उप–महानगरपालिका–८ तिनकुने क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको अस्थायी प्रहरी पोष्ट तिनकुनेको टोलीले लागू औषध ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको हो।

मंसिर २२ गते साँझ करिब ४:४० बजे लांघाली सामुदायिक वनतर्फबाट तिनकुनेतर्फ आउँदै गरेको को १ ह ७७२८ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक लाक्पा देर्जे तामाङ (२८, धरान–१५) र सोही अटोमा सवार प्रमिला राई (२३, धरान–४) को साथबाट ट्रामोल र स्पास पेन औषधिको सानो मात्रा फेला परेको थियो।

प्रहरीका अनुसार तामाङको साथबाट Tramol-50 का १० क्याप्सुल, Spas Pain का १० ट्याब्लेट, र राईको साथबाट Tramol-50 का १०० क्याप्सुल र Spas Pain का १०० ट्याब्लेट बरामद गरिएको हो।

उनीहरू लागू औषध आपूर्ति गर्ने समूहको सदस्य रहेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले सोही औषधि आपूर्ति गर्ने मुख्य शंकित टेकबहादुर तामाङ (६६, धरान–८) को घरमा समेत खानतलासी गरेको थियो।

खानतलासीका क्रममा टेकबहादुरको कोठाबाट ठूलो परिमाणमा लागू औषध फेला परेको प्रहरीले जनाएको छ—

  • Tramol-50 : १,०२० क्याप्सुल
  • Spas Pain : १,०१० ट्याब्लेट

यससँगै पक्राउ परेकाबाट अघिल्लो बरामद समेत जोड्दा प्रहरीले कुल Tramol-50 का १,१३४ क्याप्सुल र Spas Pain का १,१२० ट्याब्लेट नियन्त्रणमा लिएको छ।

प्रहरीले अटो सहित तीनैजनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइ अधिक अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved