काठमाडौं नेपालमा थप नौ जनामा कोरोना .भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मकवानपुरमा ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, बाँकेको नैनापुर १, ३ र ५ मा ८ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिजन जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो ।
धरान/नेपालमा थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं दहचोक का ७ वर्षीय पुरुष , धनुषाका १७ वर्षीय महिला र धादिङ्का ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो । साथै उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जनामा रिर्पोट नेगेटिभ आएपछि बिहीबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएका सुल्तानमा गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वारेन्टाईनमा राखीएको स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । अस्पतालमा अव १८ जना उपचाररत रहेका छन् । उनीहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहे
प्रदेश १ सरकारले कोरोना भाइरसका शंकास्पद १० हजार जनाको परीक्षण गर्ने तयारी थालेको छ । प्रदेशका सबै १४ वटा जिल्लाका १० हजार भन्दा धेरै मानिसका कोराना पपरीक्षण गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पहिलो चरणमा दश दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्न आवश्यक रहेको बताए । भने,‘‘छिमेकी भारतमा रेलसेवा शुरु भएको छ । हाम्रो प्रदेशमा दश हजार जति मानिस आउने देखिन्छ । सबैको परीक्षण नगरी हुँदैन ।’’ तीर्थ
प्रदेश १ सरकारको पहलमा बिहीबारसम्म ल्याबमा गरिने (पिसीआर) विधिबाट गरिएका मध्ये २ हजार ४ सय ३५ जनामा रिर्पोट नेगेटिभ आएको छ । दू्रत परीक्षण विधिबाट जम्मा ८ हजार ९ सय ८ जनाको रिर्पोट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको छ । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ । दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ६ सय ४७ जना छ । आइ
मोरङको बुढीगंगा गाउँपालिका टंकीसिनवारीमा अवस्थित आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवश नेपालले उद्योग परिसरमा प्रवेश गर्न खोज्ने चार जना भारतीयलाई गेटमै रोकिदिए । ती सबै उद्योगका भारतीय मजदुर हुन । नेपाली मूलका सुरक्षागार्डले शंकास्पद रुपमा भारतीय कामदार आएको प्रशासनलाई जानकारी गराएपछि नेपाल सतर्क भएका थिए । ‘‘लकडाउनका बेला यतै थियौं, भारत गएका थिएनौं भन्दै थिए,’’ नेपालले भने, ‘‘तर, त्यसको प्रमाण दिन सकेनन् । उनीहरुसंग आधार थिएन,कोरोना संक्रमणको यस्तो त्रासका बेला उनीहरुलाई प्रवेश नगराउने निर्णय लिएँ ।’’ लकडाउन अघि र त्यस लगत्तै उद्योग बाहिर गएका
काठमाडौं– नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ । चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साथै उनको स्वस्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । मुलुकमा बिहीबार बिहान फेरि ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महोत्तरीमा गरी ५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि २ संक्रमित भेटिएका थिए । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो । योसँगै बिहीबार मात्र ७ संक्रमित थपिएका छन् । मुलुकमा संक्रमितको संख्या २ सय ५० पुगेको छ
मड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल भएकी हुन् । अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आउनु भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, “मारियाको गत स
धरान/ नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ। संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो । यो सहित बुधबार (आज) मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ ।