स्वास्थ्य

    Showing 11-20 of 2,527 items.
  • बाढी प्रभावितको सहयोगमा माता मनकामना भलाई कोषद्धारा एकलाख एकहजार सहयोग

    काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले माता मनकामना भलाई तथा इन्भेस्टमेन्ट कम्पनी प्रा.लि. तथा यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ । कम्पनीका अध्यक्ष देबिन श्रेष्ठका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनी परिवारले दुःख व्यक्त गर्दै विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो । कम्पनीले विपत्तिका कारण प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएका व

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 187 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खाजा खर्च कटाएर बाढी पीडितका लागि हिबिस्कसका विद्यार्थीले जुटाए ७१ हजार सहयोग

    धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्व भएको सन्देश दिँदै धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितका लागि आर्थिक सहयोग संकलन गरेका छन्। रसुवा, धादिङ र नुवाकोटलगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले विद्यालयको हिबिस्कस बाल क्लबको सक्रियतामा सञ्चालन गरिएको अभियानबाट करिब ७१ हजार रुपैयाँ सहयोग संकलन भएको हो। विद्यालयमा आयोजित सहयोग संकलन कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 120 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजासहित अस्पतालको नाम लेखिएको भ्यान बरामद, चालक फरार

    विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ। गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो। प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरामा राखिएको अन्दाजी ६० किलो लागूऔषध गाँजा फेला परेको हो। बरामद गाँजासहित भ्यानलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी दरैयामा ल्याएर राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 106 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा नियुक्ति, शिक्षाध्यक्षमा झा, रजिस्ट्रारमा बराल र अस्पताल निर्देशकमा लिम्बू

    सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तीन प्रमुख पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. स्मृति कार्कीको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले मंगलबार शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेकी हुन्। मन्त्री मेहेताले शिक्षाध्यक्षमा प्राध्यापक डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बूलाई नियुक्त गरेकी हुन्। तीनवटै पदका लागि उपकुलपति कार्कीले तीन–तीन जनाको नाम सिफारिस गरेकी थिइन्। शिक्षाध्यक्षका लागि प्राध्यापक डा. शिवेन्द्र झासहित प्राध्यापक डा.

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वदलीय संयन्त्र गठनबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    काठमाडौँ/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 81 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरार प्रतिवादीमाथि धरान प्रहरीको एक्सन, कुटपिटदेखि लागूऔषध मुद्दाका ३ जना पक्राउ

    धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले सोमबार खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर भएका उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ का सुदिप राई रहेका छन्। कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भएका राईलाई अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनको फैसला २०८२ साल कात्तिक ३० गते भएको थिय

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • 330 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ११ क्विन्टल गाँजासहित तीन जना पक्राउ

    गाईघाट/  उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • 281 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

    काठमाडौं/ अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरी काम गर्ने जनाएको छ। आइटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघसँग भएको भर्चुअल बैठकमा आइटीएफ वल्र्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी, उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गरिने बताएका हुन्। उनले आइटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई तत्काल आवश्यक योजना तयार गर्न पनि आग्रह गरेका छन्। बैठक

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • 89 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सार छलेर ल्याइएको १ लाख ३२ हजारको कुर्ता–सुरुवालसहित अटो चालक पक्राउ

    सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली नेपाल भित्र्याइएको करिब १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहित एक अटो चालक पक्राउ परेका छन्। साेमबार राति करिब १ बजे बर्जु गाउँपालिका–४, सितागञ्जमा भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को २ ह ७८२ नम्बरको अटो रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटोबाट भन्सार छली ल्याइएको कुर्ता–सुरुवाल ११० थान, अन्दाजी १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सामान ओसारपसारमा संलग्न दुहबी नगरपालिका–१२

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • 141 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउनसुगरसहित ६ जना पक्राउ

    धरान/ सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १&ndash

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • 423 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved