सुनसरीबाट ब्राउनसुगरसहित ६ जना पक्राउ

  • भदौ १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प २२६५ नम्बरको स्कुटर जाँच गर्ने क्रममा इटहरी उपमहानगरपालिका–१० का १८ वर्षीय जयराम चौधरी र १८ वर्षीय अनुराग चौधरी पक्राउ परेका छन्।

उनीहरूको साथबाट ३ दशमलव १२ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुहबी नगरपालिका–८ कदमगाछीमा ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा सिआरभी सोनापुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २६ वर्षीय सन्दीप कार्की र २७ वर्षीय अनिस कार्कीलाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट २ दशमलव ५० ग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पक्राउ परेका सबै ६ जनालाई बरामद लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सप्तकोशीमा माछा मार् ...

सुनसरी/ सप्तकोशीका सहायक नदीहरूमा पानीको बहाव बढिर ...

चोरी मुद्दामा ४ वर्ष ...

धरान/चोरी मुद्दामा अदालतबाट ४ वर्ष कैद र ३० हजार रुपैया ...

भन्सार छलेर भारत लैज ...

झापा/ भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा रा ...

लोकतन्त्रवादी किरात ...

धरान/ देशभक्त, जनपक्षीय र सक्षम नयाँ पुस्तालाई नेतृत्वम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved