स्वास्थ्य

    Showing 1,611-1,620 of 1,867 items.
  • एन्फा क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पोजिटिभ

     धरान । वैदेशिक रोजगारीबाट फर्किएर क्वारेन्टाइनमा रहेका धरानका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । दिल्लीबाट आएकी धरान ३ की एक महिला र कतारबाट आएका धरान १९ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । यस्तै, अन्य ६५ जनाको पिसिआर रिपोर्ट भने नेगेटिभ आए पछि उनीहरुलाई घर पठाइएको मेहताले बताए ।

    • प्रकाशित मितिः असार २३, २०७७
    • 650 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल वायुसेवा निगमका तिन पाइलट सहित १४ जनामा कोरोना संक्रमण

    सुनसरी । वैदेशिक रोजगारीबाट फर्काउने कार्यमा खटिएका नेपाल वायुसेवा निगमका तिन चालक सहित १४ कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना उडान कर्मचारी र तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएको पाइलट तथा कर्मचारीलाई होटलको क्वारेन्टाइनमा राखिएको बताइएको छ । विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यमा विभिन्न गन्तव्यमा खटिएका पाइलट तथा कर्मचारीमा कोरोना संक्रमण भएको निगम स्रोतले जानकारी दिएको छ ।होटल क्वारेन्टाइनमा बसेका लाई कोरोना संक्रमण पुष्टि भए पछि होटल नै सिल गरिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७७
    • 907 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ६ संक्रमित थपिए, १५ डिस्चार्ज

    विराटनगर, २२ असार । प्रदेश १ मा सोमबार ६ जना पुरुषमा कोरोना संक्रमित थपिएका छन् । झापामा ४, खोटाङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भापाको मेचीनगरमा १, विर्तामोडमा २ र गौरीगञ्जमा १, सुनसरीको रामधुनीमा १, खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकामा १ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७६ पुगेको छ । संक्रमित मध्ये १ सय ११ महिला र ५ सय ६५ पुरुष रहेका छन् । प्रदेश १ बाट सोमबार १५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ११ महिला र ५ पुरुष डिस्च

    • प्रकाशित मितिः असार २२, २०७७
    • 611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १८० जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १५ हजार ७ सय ८४

    आज थप १८० जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप १ जनाको मृत्यु भएको  छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  २६४  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ६८११  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        &nb

    • प्रकाशित मितिः असार २२, २०७७
    • 574 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आईतबार ५ जना संक्रमित थपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जना पुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा स.क्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।

    • प्रकाशित मितिः असार २१, २०७७
    • 561 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप  २९३ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार  ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप १ जनाको मृत्यु भएको  छ। कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  १३२  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ६५४७  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २१, २०७७
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप  २३२ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुग्यो

    आज थप ४७३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १५ हजार २सय ५९पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । थप  २ जनाको मृत्यु भएको  छ। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको र अर्को गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप   २७२ जना संक्रमित निको भएर डिस्चार्ज

    • प्रकाशित मितिः असार २०, २०७७
    • 573 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप ७ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७जना डिस्चार्ज भएका छन् । २२ वर्ष देखि ४२ वर्ष सम्मका झापा निवासी ७ जना महिलाहरु आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा हाल ३८ जना उपचाररत छन् भने १९८ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा १ जना भर्ति भएका छन् ।  

    • प्रकाशित मितिः असार १९, २०७७
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा रक्तदान कार्यक्रम सम्पन्न

    धरान / नेपालको सुन्दर नगरी धरानमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ धरान क्यालिवर, राईड फर राइट्स नेपाल र सूर्या लाईफ इन्स्योरेन्स कं लि धरान शाखाको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईद्धारा कार्यक्रमको उद्धघाटन गरिएको थियो । रक्तदानमा ६९ युनिट रगत संकलन भएको आयोजक मध्येको लायन्स क्लव अफ धरान क्यालिवरकी अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । रगत अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको श्रेष्ठले जनाइन् । महिला तथा पिछडिएकाहरुको हकहितमा काम गर्दै आईरहेको र यसपटक रक्तदान कार्यक

    • प्रकाशित मितिः असार १९, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एक मा ६ सय ५३ जना कोरोना संक्रमित पुगे

    धरान । प्रदेश १ मा पनि कोरोना संक्रमतिको संख्या बढ्दै गएको छ । सामाजिक विकाश मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ मा शुक्रबार सम्मा ६ सय ५३ जनामा कोरोना संक्रमण भेटिएको छ । मन्त्रालयका अनुसार शुक्रबार ३८ जना कोरोना संक्रमित थपिएका हुन् । शुक्रबार ३४ पुरुष र ४ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा २८, मोरंङ र उदयपुरमा ५–५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । झापाको मेचीनगरमा १४ पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष, २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष र १ महिला संक्रमित पुष्टि भएको हो । मोरंङको विराटनगरमा ३ पुरुष, बेलबारी र

    • प्रकाशित मितिः असार १९, २०७७
    • 639 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved