स्वास्थ्य

    Showing 1,541-1,550 of 2,447 items.
  • प्रदेश १ मा ९ सय ८२ संक्रमणमुक्त, ७ सय ६४ संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा बिहीबार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४सय ३७ महिला र ५ सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४सय ११ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३सय १, मोरङमा २ सय २, झापामा १सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीम

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,280 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानलाई कोभिड मेशिन हस्तान्तरण

    धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • म्याद गुज्रिएको औषधि बेच्ने इटहरीको तिन औषधि पसल शिल

    इटहरी । उपभोक्तालाइ म्याद गुज्रिएको औषधि बिक्रि गर्ने इटहरीका तीनवटा औषधीपसललहरू बुधबार शिल गरिएको छ । अनलाइन माध्यमबाट परेको उजुरीको आधारमा इटहरी उपमहानगरको आकस्मिक अनुगमन पश्चात तिनवटा औषधि पशलहरू तत्कालको शिल गरिएको हो । उपमहानगरकी उपमेयर लक्षमि गौतमको संयोजकत्वमा भएको अनुगमनमा इटहरी प्रहरी कार्यालय अघाडि रहेको सामुदायिक औषधि पसल , कलर्श फार्मेसि र इटहरीकै आरव मेडिको एण्ड सप्लायर्सलाई तत्काल शिल गरिएको हो । उपभोक्ताले औषधि किन्ने क्रममा सामुदायिक औषधि पशलले म्याद गुज्रिएको औषधिमा नयाँ स्टिकर टासेको प्रत्यक्ष भेटिएपछि तत्काल अस्पतालको मेडिसिन बिभाग शिल गरिएको उपमेयर लक्षमी गौतमले बताइन ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,582 पटक पढिएको
    • "तेजबहादुर बन"
  • बराहक्षेत्रमा सत्र दिनदेखि कांग्रेस संक्रमितको सहयोगमा

    वराहक्षेत्र । कोरोना संक्रमणको जोखिम बढेको वराहक्षेत्रमा नेपाली कांग्रेस कार्यकर्ताहरु सहयोगमा जुटेका छन् । उनीहरु १७ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज गर्ने, निशुल्क औषधी वितरण गर्दैछन् । राज्यको साधन, स्रोत भएको निकायहरुबाट सक्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो आउन थाले पछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहक्षेत्रले समिती नै गठन गरेर अभियानमा सक्रिय भएका हुन् । अभियानले हाल सम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका संक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी, हौसला बढाउने

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपीको कोभिड अस्पतालमा लापारबाही बढेको आरोप

     धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित लेवल थ्रि को कोभिड अस्पतालमा लापार्बाही बढ्दै गएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् । कहिले अक्सिजनको अभाव, कहिले उपचारमा लापरबाही, बिरामी प्रतिको बेवास्था बढ्दै गएको उनिहरुको आरोप छ । हिजो राती सिरहा गोलबजारकी ५५ बर्षय महिलाको अस्पतालमा उपचारका क्रममा लडेर मृत्यु पनि अस्पतालकै लापरवाही भएको मृतकका आफन्तहरुको आरोप छ । कोभिड अस्पतालभित्र विरामीको हेरचाह उचित ब्यबस्थापन नहुदा दैनिक जसो घट्ना बढ्दै गएको उनिहरुको आरोप छ । सोमबार दिउँसो कोडिभ पुष्टि भएकी ती महिलाको उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनको बेडबाटै लड

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्काउटद्वारा शव व्यवस्थापन शुरु

    सुनसरी । कोरोना संक्रमित शवहरुको व्यवस्थापनमा आज देखि नेपाल स्काउट प्रदेश नम्बर तदर्थ समिती खटिन थालेका छन् । केही दिन शव व्यवस्थापनको तालिम लिएका स्काउटरहरुले संस्थागत रुपमा शव व्यवस्थापन गर्न थालेका हुन् । नेपाल स्काउट प्रदेश तदर्थ समितीका संयोजक रवि खनालको नेतृत्वमा स्काउटरहरुको टिमले पहिलो पटक कोभिड १९ बाट संक्रमण भई निधन भएका बिराटनगरका ५४ वर्षिय पुरुषको शव ब्यवस्थापन गरेका हुन् । प्रदेश १ का विभिन्न जिल्लाका स्काउटहरुलाई नेपाली सेनाले शव व्यवस्थापन तालिम दिएको थियो । शव ब्यवस्थापनका लागि झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटले तालिम लिएका थिए । स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 1,147 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुकुम्बासी बस्तीमा समाजद्वारा निशुल्क एम्बुलेन्स सेवा

    धरान । कोरोनाबाट संक्रमित बनेका धरानका सुकुम्बासी परिवारलाई नेपाल बसोबास बस्ती संरक्षण समाजले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले धरान भित्रका सबै सुकुम्बासी परिवारलाई कोरोना संक्रमण पुष्टि भई तथा स्वास्थ्यमा समस्या आए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पुर्याउनका लागि एम्बुलेन्सको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार सुकुम्बासी बस्तीमा बसोबास गर्ने परिवारमा कसैलाई संक्रमण पुष्टि भइ अस्पताल पुर्याउनु परे समाजले एम्बुलेन्स भाडा तिरिदिने भएको छ । उनले भने, ‘अहिले धरान भित्रका सुकुम्बासी परिवारलाई धरानकै अस्पतालहरुमा पुर्य

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 926 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नक्कली खोल लगाएर औषधि कालोबजारी गर्ने पक्राउ

    विराटनगर । प्रहरीले औषधि कालोबजारी गर्ने व्यक्तिलाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नं.–१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने वर्ष ३५ को रवि कुमार रजक पक्राउ परेका हुन । उनले आफ्नै घरको कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरेको पाइएको प्रहरीको भनाई छ । झुक्याई बिक्री बितरण गर्नुका साथै औषधी अवैध जम्माखोरी गरी कालो बजारी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,346 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना खोपको विषयमा विरोध भएपछि मुख्यमन्त्री राईको सचिवालयको धारण सार्वजनिक

    विराटनगर । प्रदेश नं १ मा मन्त्री र पहुँचवालाको सिफारिसमा आफू निकटकालाई कोरोनाविरुद्धको खोप लगाएको विषयप्रति मुख्यमन्त्री शेरधन राईको सचिवालयले आफ्नो धारणा सार्वजनिक गरेको छ । मुख्यमन्त्री शेरधन राईको निजी सचिवालयले प्रदेश नं १ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसंग समन्वय गर्दै खोप खरिदकाबारे परामर्श गरिरहेको जनाएको छ । केही दिनयता सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा पार्टीका सीमित कार्यकर्ता, कर्मचारी र व्यापारीलाई कोभिसिल्डको दोस्रो खेपको खोप सुटुक्क लगाएको विषयमा नागरिकस्तरबाटै आलोचना र टिप्पणी भईरहेको छ । सिनेमा हलमा खोप लगाएपछि त्यहाँ अवरोध गर्दै सर्वसाधारणले विरोध गरेका

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्त्रीको सिफारिसमा खोप व्यवस्था गरिदिए पछि सर्वसाधारणको विरोध

    विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई सुटुक्क खोप दिइएपछि सर्वसाधारणले अवरोध गरेका छन् । सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिषरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन । पार्टी समर्थक र चुनिएका उद्योगपतिलाई गुपचुपमा भारतमा उत्पादन भएको कोभिसिल्डको खोपको दोस्रो खोप लगाउन जस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो खेप कोभिसिल्ड लाउन पर्खाईमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरेका हुन । नेकपा

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved