सुकुम्बासी बस्तीमा समाजद्वारा निशुल्क एम्बुलेन्स सेवा

  • जेठ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाबाट संक्रमित बनेका धरानका सुकुम्बासी परिवारलाई नेपाल बसोबास बस्ती संरक्षण समाजले निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले धरान भित्रका सबै सुकुम्बासी परिवारलाई कोरोना संक्रमण पुष्टि भई तथा स्वास्थ्यमा समस्या आए वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पुर्याउनका लागि एम्बुलेन्सको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार सुकुम्बासी बस्तीमा बसोबास गर्ने परिवारमा कसैलाई संक्रमण पुष्टि भइ अस्पताल पुर्याउनु परे समाजले एम्बुलेन्स भाडा तिरिदिने भएको छ ।

उनले भने, ‘अहिले धरान भित्रका सुकुम्बासी परिवारलाई धरानकै अस्पतालहरुमा पुर्याउन एम्बुलेन्स सेवा दिएका छौं, यसलाई थप गर्दै लैजाने तयारीमा रहेका छौं ।’ एम्बुलेन्स सेवाका लागि सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन् । एम्बुलेन्स सेवाका लागि सम्पुर्ण खर्च अध्यक्ष कार्कीले आफ्नै स्रोतबाट गरिने बताए ।

दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्ने सुकुम्बासी परिवारहरुमा खाद्यान्नको अभाव समेत हुन थालेकाले तत्काल राहतको व्यवस्था गर्न सम्बन्धीत निकायहरु सँग माग गरेका छन् ।

उनले भने, बस्तीका अति विपन्न परिवारहरुले राहतको लागि आग्रह गर्न थालिसकेका छन्, स्थानीय सरकार सहित विभिन्न राजनितिक दलहरुलाई सहयोगका लागि आग्रह गर्दछु ।’

उनका अनुसार काठमाण्डौंको रत्न राज्य स्कुलमा रहेको आइसोलेसन र बुढानिलकण्ठ नगरपालिकाको बालुवाखानीमा रहेको आइसोलेसनमा अति विपन्न परिवार र समुदायलाई निशुल्क खाना सहित उपचारको व्यवस्था गरिदिएको छ । देशै भरी अति विपन्न सुकुम्बासी परिवारलाई खाद्यान्न सहित निशुल्क उपचारका लागि तयारी गरिरहेको उनले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved