मन्त्रीको सिफारिसमा खोप व्यवस्था गरिदिए पछि सर्वसाधारणको विरोध

  • जेठ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरमा प्रदेश मन्त्रीले छनोट गरेका व्यक्तिलाई सुटुक्क खोप दिइएपछि सर्वसाधारणले अवरोध गरेका छन् ।

सामाजिक विकास मन्त्री उषाकला राईको सिफारिसमा परेका व्यक्तिलाई सरकारी स्वास्थ्य केन्द्रको साटो निजी सिनेमा हल परिषरमा खोप लगाउन खोजेपछि सर्वसाधारण विरोधमा उत्रिएका हुन ।

पार्टी समर्थक र चुनिएका उद्योगपतिलाई गुपचुपमा भारतमा उत्पादन भएको कोभिसिल्डको खोपको दोस्रो खोप लगाउन जस्वास्थ्य कार्यालयको टोली तीनपैनीको सिटी सिनेमा पुगेको थियो । तर, दोस्रो खेप कोभिसिल्ड लाउन पर्खाईमा रहेका सर्वसाधारणले त्यसको जानकारी प्राप्त गरेपछि हल परिसरमै पुगेर विरोध गरेका हुन ।

नेकपा एमालेका कार्यकर्ताले सिनेमा हलको गेटमा ताल्चा लगाएर ‘आफ्ना मान्छे’ पसाउन थालेपछि सर्वसाधारणले नारावाजी गर्दै विरोध गरे । मन्त्रीको रोजाईमा परेका केही उद्योगी–व्यवसायी गाडी लिएर सिटी सिनेमाहलको गेट पुगेका थिए । व्यापारीका निजी गाडीको लर्को लागेपछि स्थानीयबासीले चासोसाथ सोधीखोजी गरेपछि खोप हान्न लागेको खुलासा भएको थियो ।

त्यहाँ पार्टीका समर्थित कर्मचारीहरु पनि थिए । पालो पुगेका तर सरकारले खोप नदिलाएका आक्रोसित सर्वसाधारणले खोप बोकेर आएको बा १ झ ९३६५ नम्बरको मन्त्रालयको गाडी एक घण्टासम्म रोकेर राखिदिए । चार जना खोपकर्मीहरुलाई काम गरे ठिक नहुने चेतावनी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले सिटी सिनेमामा खोप दिन जानु भन्ने निर्देशन दिएपछि आएको बताउँदै भने, “हामीले एक सय ५० जनालाई खोप दियौं ।”

मोरङ जनस्वास्थ्य कार्यालयका खोप प्रमुख रमानन्द यादवले मोरङमा पहिलो डोज लगाएकाहरुको दोस्रो डोज लगाउने अवधि सकिदै गएको बताउँदै भने, “मन्त्री ज्यूको सिफारिसमा दोस्रो डोज लगाउने काम भईरहेको छ । हामीले जनताको लागि पनि भ्याक्सिन दिन आग्रह गरिरहेका छौं ।”

यादवले पहिलो डोज लगाउने नाम लिस्ट मन्त्रालयमा पठाएको र दोस्रो लिनेहरुलाई अवधि हुँदै लगाउन भनिएको सुनाए । अहिलेसम्म मोरङमा कोभिसिल्डको पहिलो मात्रा ६६ हजार ६ सय १५ र दोस्रो मात्रा ११ हजार ३ सय ४८ जनाले लगाएका छन ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved