नक्कली खोल लगाएर औषधि कालोबजारी गर्ने पक्राउ

  • जेठ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रहरीले औषधि कालोबजारी गर्ने व्यक्तिलाई विराटनगरमा पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका वडा नं.–१५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने वर्ष ३५ को रवि कुमार रजक पक्राउ परेका हुन ।

उनले आफ्नै घरको कोठामा फिजिसियन स्याम्पलका औषधी, मुटु सम्बन्धी औषधी, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधी र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू भण्डारण गरेको पाइएको प्रहरीको भनाई छ ।

झुक्याई बिक्री बितरण गर्नुका साथै औषधी अवैध जम्माखोरी गरी कालो बजारी गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले औषधि बरामद गरी उनलाई पक्राउ गरेको डिएसपी मानबहादुर राईले बताए ।

उनलाई पक्राउ गरी कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved