म्याद गुज्रिएको औषधि बेच्ने इटहरीको तिन औषधि पसल शिल

  • जेठ १९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । उपभोक्तालाइ म्याद गुज्रिएको औषधि बिक्रि गर्ने इटहरीका तीनवटा औषधीपसललहरू बुधबार शिल गरिएको छ । अनलाइन माध्यमबाट परेको उजुरीको आधारमा इटहरी उपमहानगरको आकस्मिक अनुगमन पश्चात तिनवटा औषधि पशलहरू तत्कालको शिल गरिएको हो ।

उपमहानगरकी उपमेयर लक्षमि गौतमको संयोजकत्वमा भएको अनुगमनमा इटहरी प्रहरी कार्यालय अघाडि रहेको सामुदायिक औषधि पसल , कलर्श फार्मेसि र इटहरीकै आरव मेडिको एण्ड सप्लायर्सलाई तत्काल शिल गरिएको हो ।

उपभोक्ताले औषधि किन्ने क्रममा सामुदायिक औषधि पशलले म्याद गुज्रिएको औषधिमा नयाँ स्टिकर टासेको प्रत्यक्ष भेटिएपछि तत्काल अस्पतालको मेडिसिन बिभाग शिल गरिएको उपमेयर लक्षमी गौतमले बताइन ।

त्यस्तै इटहरीकै कलर्श फार्मेशिले पनि मुल्य बढाएर औषधि बिक्री गर्नुका साथै म्याद गुज्रिएको औषधिहरू बिक्रि गरेको पाइएपछि तत्काल शिल गरिएको बताइएको छ। त्यस्तै बिभिन्न प्रकारका औषधिहरू बितरण गर्दै आएको आरक मेडिको एण्ड सप्लायर्सले पनि म्याद गुज्रिएको औषधि बिक्रि गरेको पाइएपछि तत्काललाइ उक्त पसललाइ पनि शिल गरिएको जनाइएको छ।

शिल गरिएको पसलबाट बरामद गरिएका औषधिहरू को छानबिन गरी दोषि भेटिए कानुन अनुसार कार्वाहि गरिने उपमहानगर अन्तरगत स्वास्थ्य शाखाको प्रमुख नविन भट्टराइले जानकारी दिए।

medical-seal

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved