धरान/ धरान उप–महानगरपालिकामा लागूऔषध कारोबारविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा दुई फरक स्थानबाट चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीलाई प्राप्त सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिति २०८२ साल माघ ३ गते साँझ ६ः२० बजे धरान–१३ फुस्रेमा डेरा गरी बस्दै आएका २८ वर्षीय रोमन भुजेलको कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भुजेलको कोठाबाट ब्राउन सुगर १.३९ ग्राम बरामद भएको प्रहरीले जनाएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ घर भएका भुजेललाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित सप्तरङ्गी पार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। मिति २०८२ साल पुस २९ गते साँझ करिब ६ः३० बजे अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरी टोलीले धरान–१७ निवासी करिब ४० वर्षीय अमित थापा मगरलाई शंका लागी चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर १.०२ ग्राम (एक ग्राम २) मिलिग्राम फेला पारेको हो। फेला परेको लागूऔषधसहित थापा मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको
धरान/ धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक युवकको दर्दनाक मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरान–११ का ३५ वर्षीय रुपक राई मंगलबार साँझ करिब ६ः३० बजे आफ्नै घरभित्र खुकुरी प्रहार गरी मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनासँग सम्बन्धित आरोपमा मृतककै मामाका छोरा धरान–११ कै ३३ वर्षीय रविन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल इलाका प्रहरी कार्यालय धरानमा राखी घटनाबारे थप अन
धरान/ सुनसरीको रामधुनी नगरपालिकामा गाँजा बोकेको मोटरसाइकल दुर्घटनामा परेपछि ठूलो परिमाणको लागूऔषध फेला परेको छ। दुर्घटनासँगै प्रहरीले १८ किलो हाराहारी गाँजा बरामद गर्दै दुई युवालाई नियन्त्रणमा लिएको हो। २०८२ साल पुस २८ गते राति करिब ९ बजेर १० मिनेटमा रामधुनी नगरपालिका वडा नं.१ मा प्र.१–०४–००२ प. २२४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लडेर दुर्घटना भएको थियो। घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। दुर्घटनामा मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का १९ वर्षीय उदय मुखिया र पछाडि सवार सोही ठाउँका १९ वर्षीय गणेश कुमार मु
धरान/ सुनसरीको धरान उप–महानगरपालिका वडा नं–५ मा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै एक युवकलाई पक्राउ गरेको छ। मिति २०८२ साल पुस २८ गते साँझ करिब ५ः३० बजे अस्थायी प्रहरी चौकी देउराली धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ निवासी २७ वर्षीय विकास भुजेलको कोठामा खानतलासी गरेको थियो। सो क्रममा भुजेलको कोठाबाट ट्रामाडोल ३६० क्याप्सुल र स्पास्पेन ३५० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। लागूऔषधसहित फेला परेका भुजेललाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले ज
धरान/धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउसको परिसरमा आइतबार निःशुल्क आँखा तथा नाक–कान स्वास्थ्य शिविर सम्पन्न भएको छ। दिव्य ज्योती अस्पताल प्रा.लि. विराटनगर–१४ को सहकार्यमा आयोजना गरिएको शिविरबाट करिब २५० जना विद्यार्थी, अभिभावक तथा वडावासीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। पुस २७ गते सम्पन्न भएको शिविरमा आँखासम्बन्धी रोग, दृष्टि कमजोर हुने, कान दुख्ने, नाक बन्द हुने, एलर्जी लगायतका समस्याको निःशुल्क परीक्षण गरिएको थियो । साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको र आँखा शल्यक्रिया आवश्यक परेका बिरामीलाई ५० प्रतिशत छुटमा अप्रेशनको सुविधा प्रदान गरिने व्यवस
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरामा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी एकदिवसीय कार्यशाला सम्पन्न भएको छ। स्थानीय तहमा नवीन सोच र रचनात्मक योजना प्रयोग गरी छिटो विकासका सम्भावनाहरू, नयाँ व्यवसाय र परियोजनाबारे सहभागीहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।कार्यशालाको आयोजना राष्ट्रिय विपद् व्यवस्थापन सञ्जाल नेपाल र महिला सरोकार समाज वराहक्षेत्रले संयुक्त रूपमा गरेका थिए। कार्यक्रम विशेष गरी तमोर करिडोरभित्र पर्ने र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका वडा नं. १ र २ का समुदायलाई केन्द्रमा राखेर सञ्चालन गरिएको महिला सरोकार समाज वराहक्ष
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित एडिभी खानेपानी ट्याङ्की छेउबाट लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकल जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध फेला पारेको हो। मिति २०८२ साल ०९ महिना २७ गते बिहान करिब ६ः३० बजे गरिएको चेकजाँचका क्रममा मोटरसाइकलमा बोरा भित्र लुकाएर ल्याइँदै गरेको ट्रामाडोल ९ हजार ९ सय १० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका–१ निवासी २३ वर्षीय रोशन झा र पछाडि सवार सोही स्थानका १८ वर्षी
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् । आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्य
बराहक्षेत्र/सुनसरीको बराहक्षेत्र नगरपालिका–४ तिसबिघेमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल पुस २१ गते दिउँसो करिब ४:१० बजे प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले इटहरीबाट कालाबन्जारतर्फ जाँदै गरेको को १९ प १७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो। प्रहरीका अनुसार मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा TRAMADOL ६२० क्याप्सुल र SPASPAIN ५७० ट्याब्लेट बरामद गरिएको छ। लागूऔषधसहित मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का ३३ वर्षीय सुनिल चौधरी, पछाडि सवार सोही स्थानका २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका