जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार दुई अभियुक्त धरानबाट पक्राउ

  • जेठ २, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा झुम्का कारागार बाट फरार भएका दुई प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका धरान–१७ का ३७ वर्षीय प्रकाश दमाईलाई वडा प्रहरी कार्यालय धरानको टोलीले गएराति धरान–१७ को पट्नाली क्षेत्रबाट पक्राउ गरेको हो।

सुनसरी जिल्ला अदालत को २०७९ पुस ५ गतेको फैसला अनुसार उनलाई १० वर्ष कैद, दुई लाख रुपैयाँ जरिवाना, एक लाख रुपैयाँ पीडित क्षतिपूर्ति तथा १२ हजार रुपैयाँ पीडित राहत कोष रकम तोकिएको थियो।

यस्तै, ज्यान मार्ने मुद्दामा फरार रहेका धरान–१५ का २९ वर्षीय ‘दाँते’ भनिने गणेश राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

अदालतको २०७८ पुस २३ गतेको फैसला अनुसार उनलाई ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुवै प्रतिवादीलाई थप कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved