धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७ पशुपति चोकस्थित एक घरमा प्रहरीले छापा मारेर ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
मंगलबार राति ११ः४० बजे बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय को PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले घरमा खानतलासी गर्दा १५.३० ग्राम ब्राउन सुगर बरामद गरेको हो।
प्रहरीले घटनास्थलबाट धरान–१७ का ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशालराज धामीलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।