स्वास्थ्य

    Showing 131-140 of 2,527 items.
  • बिदापछि बीपीमा विरामीको ओइरो लाग्ने अनुमान, १७ ओपीडी काउन्टर सञ्चालन गरिने

    धरान/ लगातार तीन दिनको सार्वजनिक बिदापछि सोमबार उपचारका लागि आउने विरामीको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपीडी सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विशेष तयारी गरेको छ। विरामीको चापलाई मध्यनजर गर्दै प्रतिष्ठानले थप ओपीडी पुर्जा वितरण काउन्टर सञ्चालन गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अनुसार पछिल्ला केही सातायता उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ। त्यसमा पनि लगातार तीन दिनको बिदापछि सोमबार एकैदिन हजारौं विरामी उपचारका लागि आउने अनुमान गरिएकाले सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएक

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 973 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वास्थ्यमा सुधार

    काठमाडौँ/  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार दिनदेखि अस्वस्थ रहँदै आएका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए । रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका थिए । चिकित्सकहरूले अहिले भेटघाट नगर्न सल्लाह दिएका दिएका थिए । आइतबार प्रचण्डलाई भेट्न पुगेका नेकपाका नेता रामप्रसाद सापकोटा दीपशिखाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिए । सोमबारसम्म

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • 119 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा अज्ञात महिलाको शव फेला

    झापा/ झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रहेको रतुवाखोलाको पुलमुनि बगिरहेको पानीमा एक अज्ञात महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शव २/३ दिनअघिदेखि पानीमा रहेको अनुमान गरिएको छ। शनिबार बिहान करिब ११ बजे फेला परेको शव रातो भेष्ट लगाएकी महिलाको रहेको प्रहरीले जनाएको छ। शव सेतो प्लास्टिकको बोराभित्र बेरेको अवस्थामा पानीमा तैरिरहेको भेटिएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको अनुसन्धान टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। शवको पेटको भाग करिब ३०–३२ इन्च जति रहेको र बायाँ हातमा

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक शव फेला, दुर्घटनापछि एकको मृत्यु, दाउ प्रहारबाट युवक गम्भीर घाइते

    झापा/ झापामा शुक्रबार साँझ तीन फरक घटनाले सनसनी मच्चाएको छ। एकातिर सडक छेउमा अज्ञात पुरुषको शव फेला परेको छ भने दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको उपचारकै क्रममा मृत्यु भएको छ। अर्कोतर्फ पुरानो रिसइबीका कारण दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। राजमार्गबाट तल अज्ञात पुरुषको शव फेला मेचीनगर नगरपालिका–८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल अन्दाजी ३५–४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेच

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • 160 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित युवक पक्राउ!

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ आदर्शनगरस्थित अमरहाट क्षेत्रमा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। मिति २०८३ जेठ १५ गते दिउँसो करिब १२ः३० बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका धरान–१३ निवासी २८ वर्षीय आदित्य बि.क.लाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उनको साथबाट लागूऔषध ब्राउन सुगर पदार्थ १ दशमलव १९ ग्राम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका आदित्यलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुल बसकै चपेटामा परे ४ वर्षीय बालक, घर नजिकै दर्दनाक मृत्यु

    झापा/ झापाको गौरादह नगरपालिका–७ फगेटीमा बुधबार साँझ हृदयविदारक सवारी दुर्घटना भएको छ। सजग एकता बोर्डिङ स्कुलको बसबाट घर झार्ने क्रममा सोही बसले किच्दा ४ वर्षीय आरोग्य चिमरिया घटनास्थलमै मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार को १ ख ६९४० नम्बरको स्कुल बसले बालकलाई घर पुर्‍याएर ओराल्ने क्रममा दुर्घटना भएको हो। मृतक आरोग्य गौरादह–७ निवासी खड्ग चिमरियाका छोरा हुन् र सोही विद्यालयमा अध्ययनरत थिए। दुर्घटनापछि बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ। शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्र

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुढामै बसिरहेका वृद्ध अचानक लडे, उपचारका क्रममा मृत्यु

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ अमरबस्तीमा एक वृद्धको अचानक लडेर मृत्यु भएको छ। साेमबार राति करिब ९:०० बजे स्थानीय ६७ वर्षीय खेम बहादुर राना मगर आफ्नै घरमा मुढामाथि बसिरहेको अवस्थामा अचानक लडेर बेहोस भएका थिए। तत्काल उपचारका लागि भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल पुर्‍याइए पनि चिकित्सकले राति ९:५६ बजे मृत घोषणा गरेका हुन्। भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारी बाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहे

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 146 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा ब्राउन सुगर कारोबार गर्ने दुई पक्राउ

    दमक/ झापाको दमक नगरपालिका–५ मा अवैध लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक–५ निवासी २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन्। विशेष सूचनाका आधारमा  खटिएको प्रहरी टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मार्दा प्लाष्टिकमा स–साना पोका बनाएर राखिएको ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट नगद नेपाली रु. ५६ हजार ६ सय, भारतीय रु. १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा तुलसीले लागूऔषध बिक्रीमा राज माझीको समेत

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुसुरोको दाल खाँदा एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

    उदयपुर/  उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर बनेको छ। स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी शनिबार राति घरमा पकाइएको मुसुरोको दालसहितको खाना खाएपछि अचानक बिरामी परेका हुन्। खाना खाएलगत्तै उनीहरूमा बान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि आफन्त र छिमेकीले तत्काल जिल्ला अस्पताल उदयपुर पुर्‍याएका थिए। अस्पतालका अनुसार तीन जना उपचारपछि घर फर्किएका छन् भने हेमा बुढाथोकीको अवस्था चि

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 675 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुटमिरोको रुखबाट लड्दा ५५ वर्षीय मैतबहादुर लिम्बुको मृत्यु

    झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ। विहीबार दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लड्दा उनी गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लाग्नुका साथै छातीभित्र पनि आन्तरिक चोट लागेको प्रहरीले जनाएको छ। घाइते लिम्बुलाई तत्काल उपचारका लागि B & C Hospital मा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा मिति २०८३।०२।१० गते १६:०० बजेको समयमा निज मैत बहादुर लिम्बुको मृत्यू भएको  अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 156 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved