मुसुरोको दाल खाँदा एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

  • जेठ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/  उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खाना खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर बनेको छ।

स्थानीयका अनुसार २३ वर्षीया हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी तथा नन्दहरू १४ वर्षीया यशोदा र ९ वर्षीया यासिका बुढाथोकी शनिबार राति घरमा पकाइएको मुसुरोको दालसहितको खाना खाएपछि अचानक बिरामी परेका हुन्।

खाना खाएलगत्तै उनीहरूमा बान्ता हुने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि आफन्त र छिमेकीले तत्काल जिल्ला अस्पताल उदयपुर पुर्‍याएका थिए।

अस्पतालका अनुसार तीन जना उपचारपछि घर फर्किएका छन् भने हेमा बुढाथोकीको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि विराटनगर पठाइएको छ।

हेमाका श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका छन्। घटनापछि स्थानीयवासीमा चिन्ता बढेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved