दमकमा ब्राउन सुगर कारोबार गर्ने दुई पक्राउ

  • जेठ ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

दमक/ झापाको दमक नगरपालिका–५ मा अवैध लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक–५ निवासी २३ वर्षीय तुलसी माझी र ३० वर्षीय राज माझी रहेका छन्।

विशेष सूचनाका आधारमा  खटिएको प्रहरी टोलीले आइतबार राति करिब १० बजे तुलसी माझीको डेरा कोठामा छापा मार्दा प्लाष्टिकमा स–साना पोका बनाएर राखिएको ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

प्रहरीले घटनास्थलबाट नगद नेपाली रु. ५६ हजार ६ सय, भारतीय रु. १ हजार १ सय तथा दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा तुलसीले लागूऔषध बिक्रीमा राज माझीको समेत संलग्नता रहेको बताएपछि उनलाई पनि पक्राउ गरिएको हो।

दुवै जनामाथि   थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved