स्वास्थ्य

    Showing 111-120 of 2,527 items.
  • वराहक्षेत्र नगरपालिकाको बजेट १ अर्ब ३ करोड

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८४ का लागि १ अर्ब ३ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेको छ । बुधवार नगरपालिकाले १८ औं नगर सभा मार्फत स्वास्थ्य , शिक्षा ,कृषि पर्यटन र पूर्वाधारमा जोड दिँदै नगर उपप्रमुख नन्दकुमारी सुनुवारले १ अर्ब ६ करोड ४३ लाख ६६ हजार ८१ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । सभामा नगर प्रमुख रमेश कार्कीद्बारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य , शिक्षा कृषि, पर्यटन प्रवद्बन र पूर्वाधारमा जोड दिएको छ । "  प्राबिधिक शिक्षा , एआई प्रबिधि , शिक्षकहरुलाई प्रशिक्षण , दिघो भौतिक संरचना निर्माण , एम्बलेन्स र शव वाहन परिचालन र व्यवस्थापन

    • प्रकाशित मितिः असार १०, २०८३
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित दुई युवक पक्राउ

    धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोक क्षेत्रमा प्रहरीले १.७० ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ः३० बजे सवारी चेकजाँचका क्रममा पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। प्रहरीले उनीहरूको पिछा गर्ने क्रममा उनीहरूले नजिकैको एक चिया पसल पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका फेला पारेको थियो। उक्त पोका खोली जाँच गर्दा स–साना प्लास्टिकका प्याकेटमा राखिएको १.७० ग्राम ब्राउन सुगर&n

    • प्रकाशित मितिः असार १०, २०८३
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यातायात मजदुर संगठन ४७ औं वर्षमा प्रवेश, देश व्यापी रक्तदान

    पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ स्थापना दिवस देशव्यापी रूपमा रतmदान कार्यक्रम आयोजना गरि मनाउँदैछ । संगठनको यस वर्षको नारा “श्रमिकको हक, अधिकार र सम्मानका लागि निरन्तर संघर्षरत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७औँ स्थापना दिवस सफल पारौँ, श्रमिक एकतालाई अझ सशक्त बनाऔँ।”रहेको छ । धरानमा पनि संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । भानुचौकमा   उक्त रक्तदान कार्यक्रम गरेको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका नगर अध्यक्ष किरण थापाका अनुशार उक्त रक्तदान कार्यक्रममा ४० जनाले रतmदान गरेको बताए । कार्यक्रममा प्रम

    • प्रकाशित मितिः असार ९, २०८३
    • 1,606 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्त​कोशीबाट १६८ केजी गाँजा बरामद

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी किनारबाट प्रहरीले १६८ किलोग्राम गाँजा बरामद गरेको छ। ​विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले उक्त परिमाणको गाँजा फेला पारेको हो। ​आज सोमबार बिहान करिब ३:१० बजे गस्ती गर्दै जाने क्रममा नदी किनारमा ट्युबमाथि बाँसमा बाँधेर राखेको अवस्थामा ९ वटा प्लास्टिकको बोरामा लुकाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। ​बरामद गरिएको लागूऔषध गाँजालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा

    • प्रकाशित मितिः असार ८, २०८३
    • 193 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीलेआइतबार राति करिब ११:१० बजे धरान–१३ निवासी ३२ वर्षीय राजकुमार तामाङ (माकुने) लाई पक्राउ गरेको हो। प्रहरीले तामाङको शरीर तथा साथमा रहेको सामान चेकजाँच गर्दा १.२० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ। बरामद लागूऔषधसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरान मा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ८, २०८३
    • 1,035 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई रडले घोचेपछि तीनतलाबाट हाम्फालेका वृद्धको मृत्यु

    बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकमा घरायसी विवादपछि श्रीमतीलाई फलामको रडले घाइते बनाएका एक वृद्धको तीनतलाबाट हाम्फाल्दा मृत्यु भएको छ। शुक्रबार बिहान करिब ५:३० बजे ७२ वर्षीय घिरेन राजवंशीले घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीको पेटमा फलामको रडले प्रहार गरी घाइते बनाएका थिए। घाइते गंगामुनीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको पेटमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन राजवंशी घरको तेस्रो तलामा पुगेका थिए। त्यहाँबाट हाम्फाल्दा उनको टाउको,

    • प्रकाशित मितिः असार ५, २०८३
    • 521 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

    झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे।४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे।१त ७४०४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र ५ वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगि

    • प्रकाशित मितिः असार ५, २०८३
    • 261 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानलाई ‘राष्ट्रिय महत्वको संस्था’ घोषणा गर्न विद्यार्थीहरूको माग

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई ‘राष्ट्रिय महत्वको संस्था’ को मान्यता दिई स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा स्तरोन्नति गर्न विद्यार्थीहरूले सरकारसँग माग गरेका छन्। प्रतिष्ठानको विद्यार्थी कल्याण समाज (Students' Welfare Society–SWS) ले प्रतिष्ठानको वर्तमान अवस्था, संस्थागत चुनौती तथा दीर्घकालीन विकासका विषयमा विभिन्न मन्त्री, सांसद तथा नीति–निर्मातासँग छलफल गर्दै उक्त माग अघि सारेको हो। समाजका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

    • प्रकाशित मितिः असार ५, २०८३
    • 363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अस्पतालकै अगाडि टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

    दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ९ः५५ बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घ

    • प्रकाशित मितिः असार ३, २०८३
    • 656 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई दिन विदा दिएसँगै अस्पतालमा विरामीको चाप बढ्यो

    धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य संस्थाहरूलाई समेत शनिबार र आइतबार गरी दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव स्वास्थ्य सेवामा समेत देखिन थालेको छ । यसको प्रत्यक्ष उदाहरण धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूको बढ्दो चाप हो । दुई दिनको बिदाले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई केही सहजता प्रदान गरे पनि सेवाग्राही भने समस्यामा परेका छन् । धरान–९ का फणिन्द्र तिम्सिनाले सरकारले लागू गरेको दुई दिनको बिदाका कारण सेवाग्राहीहरू अत्यन्तै मारमा परेको बताउनुहुन्छ । प्रतिष्ठानमा बिल काउन्टरमा लाइन, चिकित्सकसँग चेकजा

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved