स्वास्थ्य

    Showing 1,161-1,170 of 2,446 items.
  • ६ महिनाको अवधिमा ५७ वटा मानव अधिकार उल्लंघनका घट्ना

    धनकुटा/  ६ महिनाको अवधिमा ५७ वटा मानव अधिकारका घटना धनकुटामा घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको छ । नेपाल मानब अधिकार बर्ष पुस्तकको सार्वजनिक गर्दे सन् २०२३ को ६ महिनाको अवधिमा मानव अधिकारका ५७ वटा घटना घटेको अनौपचारिक सेवा केन्द्र इन्सेकले जनाएको हो । ५७ वटा घटना मध्ये २ जनाको हत्या, झडपबाट २ जना घाइते, मोसो दलेर दुव्यावहार १ जना, बोक्सीको आरोप १ जना, कुटपिट १ जना ३ जना बालिका सहित ७ जना महिला बलात्कृत, बाल यौन दुव्यावहारमा २ जना , घरेलु हिंसा ४० जना सार्वजनिक सेवाबाट बञ्चित १ जनासहित ५७ वटा मानव अधिकार उल्लंघनको घट्ना भएको इन्सेकले जनाएको छ ।  

    • प्रकाशित मितिः असार २०, २०८०
    • 853 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढी पहिरोको कारण कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोर अबरुद्ध

    सुनसरि /  केही दिनदेखिको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोरमा सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना –चन्द्रगढी –चारआली –इलाम –फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ। त्यस्तै पूर्वकै चतरा –मुलघाट –माझीटार –अमपारपुरडाँडा –गणेशचोक पुग्ने तमोर करिडोर अन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन। त्यस

    • प्रकाशित मितिः असार २०, २०८०
    • 1,273 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली काँग्रेसद्धारा धरानमा जेपी जयन्तीमा सरसफाई

    धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए ।  उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र न

    • प्रकाशित मितिः असार १९, २०८०
    • 929 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नोबेलमा २७ दिनको शिशुको कनजेनिटल डायफ्रामाटिक हर्नियाको शल्यक्रिया

     विराटनगर /  विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको २७ दिनको बच्चाको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । बच्चामा देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए । डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा हात्तीले कुल्चेर एक जना मृत्यु

    झापा /मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए। पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए। झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाक

    • प्रकाशित मितिः असार १८, २०८०
    • 1,400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपिको कामु उपकुलपतिमा डा. प्रल्हाद कार्की

    काठमाडौं /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कायममुकायम उपकुलपतिमा डा. प्रल्हाद कार्कीलाई सरकारले नियुक्त गरेको छ। प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि रेक्टर प्रा.डा. संजीव शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो। आज प्रतिष्ठानका सहकुलपती समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले कामु उपकुलपतिको जिम्मेवारी तोकेका हुन् । कार्कीलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ। मन्त्री बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. कार्कीलाई कामु उपकुलपत

    • प्रकाशित मितिः असार १८, २०८०
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान: मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

    सुनसरी /कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको   जनाएको छ।महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू९भागमा आँशिक देखि सामान्य बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि

    • प्रकाशित मितिः असार १७, २०८०
    • 1,167 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोबाइल ब्यबसायीद्वारा निशुल्क आँखा शिबिर सम्पन्न

    विजयपुर/ आँखारोगीहरुलाई उपचारमा सहज बनाउन मोबाइल ब्यवसायीहरुले एक दिने निस्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।पछिलो समय आखाँरोगीका विमारीहरु बढ्दै गएकाले उपचारमा सहज होस् भनेर मोबाइल संघ प्रदेश कमिटीको समन्वयमा आखाँ शिबिर संचालन गरिएको संघका अध्यक्ष जीवन शाक्यले बताए । नेपाल नेत्र ज्योती संघ ईटहरीको प्राविधिक सहयोगमा निशुलक आखाँ जाचँ शिविर संचालन गरिएको उनले बताए ।शनिबार धरान १५ स्थित श्री शिक्षा सदन माध्यामिक बिधालयको प्राङ्गणमामा संचालन भएको हो ।   आर्थीक अवस्था कमजोर भएकाहरुलाईआखाँको उपाचार गर्न नसक्दा मोतिविन्दुको समस्याका बिरामीहरु बढ्दै जाने देखिएकाले शनिवार संचालन गरिएको उनले ज

    • प्रकाशित मितिः असार १६, २०८०
    • 1,177 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असार १५ मा एस्पायरद्वारा वृक्षारोपण

    बिराटनगर /  एस्पायर कलेजमा असार १५ को अवसरमा बृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा बृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन , बिद्यार्थी र कर्मचारीले बृक्षारोपण कार्यमा सहभागी भएका थिए । बृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार १५ का अवसरमा बृक्षारोपण गर्नुको उदेश्य बारे प्रष्ट पार्दै कलेजका प्रमुख चिन्तामणी बस्नेतले पहिलो ब्याचका बिद्यार्थी रहेका , उनिहरुको चिनारी अनन्तकाल सम्म रहोस , बाताबरण सरक्षणका लागि समेत सघाउ पुग्ने र कलेजको बाताबरण समेत हराभरा रहने कारणले बृक्षारोपण गरिएको हो । साथै सो अवसरमा बिद्यार्थीहरुले

    • प्रकाशित मितिः असार १५, २०८०
    • 944 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्तीजन्य पदार्थको बिक्रीवितरणको अनुमतिपत्र साउन १ गतेदेखि खारेज

    विराटनगर /  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि दिइएको अनुमतिपत्र साउन १ गतेदेखि खारेज गर्ने बताउनु भएको छ । विराटनगर वडा नम्बर १० को आर्थिक सहयोगमा नेपाल प्रेस इन्स्टिच्यूटले आयोजना गरेको आधारभूत पत्रकारिता तथा रेडियो उद्घोषण तालिमको समापन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सुर्तीजन्य पदार्थको सेवनका कारण स्वास्थ्य र महानगरको सरसफाईमा प्रतिकूल असर परेको बताउँदै नियन्त्रण अभियानमा साथ दिन महानगरवासीसित आग्रह गर्नुभयो । उहाँले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ अनुमति नदिने र यसअघि दिइसकेका अनुमतिपत्र पनि नवीकरण नग

    • प्रकाशित मितिः असार १५, २०८०
    • 1,083 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved