शिक्षा

    Showing ८२१-८३० of १,९२४ items.
  • एका विहानै भुकम्प गयो

    धरान । भखरै भुकम्प गएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले एका विहानै त्रास फैलियो । सरक्षित हुनको लागि मानिसहरु घरदेखि वाहिर सडकमा निस्किएका छन। केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।  विवरण ( प्रारम्भिक जानकारी ) नेपालमा धेरै प्रभावित जिल्ला : संखुवासभा र ताप्लेजुङ  भूकम्पको प्राथमिक जानकारी अनुसार, ७.१ म्याग्निच्युडको भूकम्प तिब्बतको शिगात्से (Shigatse) केन्द्रबिन्दुमा ३५ किलोमिटर टाढा महसुस गरिएको छ। यो भूकम्प बिहान ०६:५० (नेपाली समय) मा आएको हो। भूकम्पको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ६४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज भौमाष्टमी व्रत,गोरखकाली पूजा

    शुद्धे तिथौ च शुभे दिव्ये, अष्टम्यां व्रतमाचरेत्।देवीं दुर्गां समाराध्य, पापं नश्यति तत्क्षणम्॥ पवित्र र शुभ अष्टमीको पावन अवसरमा व्रत पालन गर्नुपर्छ।देवी दुर्गाको पूजा गरेर सबै पापहरू तत्काल नाश हुन्छन्। मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ ।यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ । सनातन धर्

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ५७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सुँगुरेदेखि इनरुवाका छोटु सम्म पक्राउ(को को पक्राउ परे हेर्नुहोस,सुची)

    धरान/सुनसरी प्रहरीको एक्सनले तीन हप्ताको अवधिमा दुई सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिना आएदेखि प्रहरीको कडा एक्सनले यति छोटो अवधिमा बर्षौदेखि फरार प्रतिबादी पक्राउ परेका हुन् । एसपी तिम्सिनाका अनुभसार अभियानको रूपमा नै फैसला कार्यान्वयन, लागूऔषध तस्करी र कारोाबर नियन्त्रण तथा अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिएर काम गरेअनुरूप प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो । पुस १ गतेदेखि पुस २१ गतेसम्म सुनसरी प्रहरीले दुई सय ५८ जना प्रतिवादीलाई पक्राउ गरेको एसपी तिम्सिनाले बताए । नेपाल प्रहरी

    • प्रकाशित मितिः पुस २२, २०८१
    • १,७५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलम्बर संवतलाई राष्ट्रिय सम्बत घोषणाको माग(भिडियो सहित)

    धरान । किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।विगतदेखि नै नेपाल सरकारलाई एलम्बर सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा घोषणा गर्न दबाब दिदै एलम्बर सम्बतको अवसरमा विविध कार्यक्रम गर्दै आएको किरात राई यायोख्खा सुनसरीले यस बर्ष पनि साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । इतबार धरानमा पत्रकार सम्मेलन गरी किरात राई यायोख्खा सुनसरीले एलम्बर सम्बतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्न राज्यलाई दबाब दिदै साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्खा सुनसर

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ५५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान दिवसमा पाँच दिन धरान उत्सव शुरु

    धरान ।शनिबारदेखि ‘धरान उत्सव’ सुरु भएको छ । उत्सवको उद्घाटन ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरे ।धरान १२ पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको विभिन्न सङ्घसंस्थाका झाँकी तथा ¥यालीले बजार परिक्रमा गर्दै धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशाला पुगेको थियो । उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको छ । आज पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् ।उपमहानगरपालिकाले हरेक वर्ष पुस

    • प्रकाशित मितिः पुस २१, २०८१
    • ६५३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उत्कृष्ट नतिजाले ब्रान्ड बनेको धरानको युएन कलेज

    धरान/ धरानमा ब्रान्डको रुपमा स्थापित भएको युएन नबोदय कलेजले विद्यार्थीहरुलाइ अभिनन्दन तथा स्वागत गरेको छ । धरान–१६ मा रहेको कलेजले १९ गते शुक्रबार कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको हो । कलेजले आफ्ना विभिन्न फ्याकल्टीका कार्यक्रममा प्रदेश टपरहुने हरुलाइ नगदसहित सम्मानसमेत गरेको हो ।कलेजले होटल म्यानेजमेन्ट ( बिएचएम)को ८ औं सेमेष्टरको परीक्षामा कोशी प्रदेश टपर एन्जोला राईलाई नगद २५ हजार, प्रदेश सेकेण्ड टपर इसिका दर्नालालाई नगद १५ हजार, प्रदेश थर्ड टपर अनिष लिम्बू, सलिना लिम्बू, जानुका राईलाई नगद १० हजारसहित सम्मान गरि

    • प्रकाशित मितिः पुस २०, २०८१
    • १,५३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मनको चित्र मुखले कोर्ने आशिष

    हिले/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८, लुखाका आशिष राई शारीरिक रूपमा अशक्त छन् । २२ वर्षीय राईको बोली आउँदैन, हातखुट्टा चल्दैनन् । उनको दैनिकी ओछ्यानमै लडेर बित्ने गरेको छ । आजसम्म राईले औपचारिक शिक्षा लिने अवसर पाएको छैन तर पनि राईसँग अद्भूत क्षमता छ, अनौठो कला छ । राई सुन्दर चित्र बनाउँछन् । चित्र कोर्नु आफैँमा सामान्य कर्म होइन, यसका लागि विशेष कला चाहिन्छ । उनी मुखले सिसाकलम च्याप्नछन्, अनि त्यसैले आफ्ना मनका भावना चित्रमार्फत कापीमा उतार्नछन् । उनले बनाएका चित्र सुन्दर र आकर्षक हुन्छन् । उनी आफूले देखेका हिमाल, पहाड, तराई, जनावर, फूलहरू चित्रका रूपमा प्रस्तुत गरेका छन् । त्

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ६४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १९ औ अम्वर ललित डिपो कप:शुक्रवार फाइनल

    धरान/ डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ । वुधवार भएको सेमिफफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्ल्लैले ३ गोल गर्दै ह्याड्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।यसै गरि दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ६७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मारवाडी महिलाद्धारा बिद्यार्थीलाई न्यानो कपडा वितरण

    धरान । गरिब तथा असहायहरुका बालबालिका अध्ययन गर्ने धरान ५ ढिंगाबारीमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अग्रवाल महिला महिलाहरुको साझा मञ्ज मारवाडी महिला मञ्चले जाडोको कपडा वितरण गरेको छ । क्लोथ फाउन्डेशन धरानको सहकार्यमा मञ्चले विद्यालयमै पुगेर अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।स्वीटर वितरणपछि बोल्दै अग्रवाल महिला मञ्च धरानकी अध्यक्ष इन्दु तोदीले क्लोथ फाउन्डेशनमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा सहज भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको जानकारी दिनुभयो । आर्थिक

    • प्रकाशित मितिः पुस १८, २०८१
    • ६१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘नक्कली’ लाइसेन्स खारेज प्रक्रिया सुरु ,कस्ता लाइसेन्स खारेज हुन्छ ?

    काठमाडौं । नक्कली भनेर रोक्का गरिएका १ लाख २ हजार सवारी चालक अनुमति पत्र लाइसेन्सको रेकर्ड भिडाउने प्रक्रिया सुरू भएको छ । यातायात कार्यालयमार्फत ती लाइसेन्स ढड्डाको रेकर्डसँग भिडाउन लागिएको हो । प्रदेशमा भएका यातायात कार्यालयहरूलाई नयाँ लाइसेन्स जारी गर्ने र खारेज गर्ने अधिकार हुन्छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भने, ‘नयाँ लाइसेन्स जारी गर्ने र रद्ध गर्ने अधिकार प्रदेशका यातायात कार्यालयलाई नै छ । १ लाख २ हजार नयाँ लाइसेन्स नक्कली भनेर रोक्का गरिएको थियो । रोक्का भएका लाइसेन्सहरूको ढड्डासँग दाँजेर विवरण ठिक भए खुला गर्ने प्रक्रिया सुरू भएको छ । ढड्डा अनुसार ठि

    • प्रकाशित मितिः पुस १८, २०८१
    • १,०७५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved